लामाचौरमा महिला भलिबल प्रतियोगिता शुरु

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा मंगलबार देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा ५ टोलीको सहभागिता छ । प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल क्षेत्रीय भलिबल टोलीको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल प्रहरीलाई २५–१७, २५–१९ र २५–२० ले पराजित गरेको प्रतियोगिताका प्रचार प्रसार संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन कास्कीका प्रजिअ तारानाथ अधिकारीले गर्नुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टोलीले क्रमशः ७५ हजार १ सय १, ५० हजार १ सय १, २० हजार र १५ हजारका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै अवसरमा आइतबारदेखि अन्तर मावि छात्रा भलिबल, तीज गीत, लोकनृत्य, विद्यालयस्तरीय जोडी नृत्य, बाल उद्यान तथा हास्य प्रहसन, नरबहादुर स्मृति जिल्लास्तरीय सितेरियो कराँते प्रतियोगिता तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति जस्ता कार्यक्रम भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...