धुर्मुस–सुन्तली ’‘फाउण्डेसन’द्वारा पहिरोपीडितलाई राहत वितरण

सिन्धुली । सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ ।

कमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत्ताकपडालगायत घरयासी दैनिक आवश्यकपर्ने सामग्री प्रदान गरेको फाण्डेशनका प्रोपाइटर सीताराम कट्टेल धुर्मसले बताए ।

राहत वितरणअघि होटल व्यवसायीले गरेको स्वागत कार्यक्रममा धुर्मसले देशमा अहिले विपत्ति परेको अवस्थामा सबै नागरिक एक ढिक्का भएर देश विकासमा लाग्न आवश्यक रहेको बताए ।

परिवारका सदस्य गुमाउनुपर्दाको पीडामा रहेका व्यक्तिलाई सहयोग आवश्यक रहेकाले सज्जन नागरिकले सामाजिक सेवा र मानवीय धर्म निर्वाह गर्नुपर्ने बेला आएको चर्चा गर्दै उनले भूकम्पको घाउमा खाटा नबस्दै प्रकृतिले अर्को विपत्ति थपिदिएकाले सबै नागरिक एक भएर विपत्तिको सामना आग्रह गरे ।

आफ्नो पेशालाई थाती राख्दै सामाजिक कार्य गर्दैआएको छु भन्दै धुर्मुसले जोड दिए ‘म एउटा देश विदेशमा परिचित कलाकार हुँ, मलाई धुर्मुस भनेर नचिन्ने यो देशमा सायदै कम होलान, तर डोकामा ढुंगा र माटो बोकेर सेवारत हुँदा सायद तपाईहरुलाई लाग्ला पहिचानका लागि तर कलाकारिता मै मैले पहिचान बनाइएकेको छु अब देश र समाजका लागि युवाले केही गर्ने बेला आएको छ । सामाजिक कार्य भनेको सेवा हो, पेशा हैन हामी सबै मिल्यौ भने नेपाल आफैमा सक्षम भएको देखाउन सक्नेछौ ।’

साउन २८ गते बिहान २ बजे पहिरोमा घरसहित पुरिएर उदयबहादुर खड्काका १ श्रीमती, २ छोरा र १ छोरीको ज्यान गएको थियो ।

धुर्मुसले उदयका आमा ६५ वर्षीय देवीमायालाई कनपा–६ मा रहेको रामेश्वरधाम मन्दिरमा पुगेर भेट गर्दै विपतमा तपाई एक्लै हुनुहुन्न साथ दिने म छु भन्दै अबका दिनमा सुरक्षित आवसको व्यवस्था मिलाउन लाग्ने समेत बताए ।

धुर्मुसले सुरक्षित आवास तथा पुनःस्थापनाका लागि ४० हजार सहयोग गरे । उदयका परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा बसोवास गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...