राखेपको प्रशासनीक भवनको शिलान्यास

4

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय प्रशासनीक कार्यालय भवनको सोमबार शिलान्यास गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको हाताभित्र निर्माण हुन लागेको भवनको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले शिलान्यास गरे ।

जम्मा ४ रोपनी १० आना जग्गा भवनका लागि छुट्टाइएकोमा भवनले मात्र ८ हजार ५ सय ३० वर्ग फिट क्षेत्रफल ओगट्ने छ । चार तलाको भवन निर्माण सम्पन्न गर्न जम्मा १२ करोड ७ लाख रुपैयाँ खर्च हुनेछ ।

कार्यक्रममा मन्त्री केसीले १३ औं सागलाई दृष्टिगत गरी समयमा भवन निर्माण सम्पन्न गर्नु पर्ने बताउदै सागको पूर्वाधार निर्माणका लागि मन्त्रालयले बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाए । उनले खेलाडीलाई सम्मान गर्न सके मात्र खेलकुदले गति लिने धारणा व्यक्त गरे ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले भवन अत्यधुनिक हुने बताउदै यो आर्थिक वर्षमा भवन निर्माणका लागि ४ करोड बजेट विनियोजन भएको जानकारी गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...