संविधान संशोधन विधेयकमा दफावार छलफल हुँदै

Biccc

काठमाडौं । व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्तावमाथि आज पनि दफावार छलफल जारी रहनेछ । बुधबार संसद्मा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि आईतबार छलफल सकेर सोमबार मतदान गर्ने तयारी छ ।


व्यवस्थापिका संसद सचिवालयले आईतबारको दैनिक कार्यसुचिमा दोस्रो संसोधन विधेयक २०७३ माथि प्राप्त संशोधनहरुलाई निर्णायर्थ प्रस्तुत गरिने जनाएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।


संविधान संशोधनको माग गर्दै आएको मधेसकेन्द्रित दल राजपासमेत प्रस्ताव पास वा फेल जे भए पनि संसदीय प्रक्रियाबाट टुंगो लगाउन राजी भएपछि यो विधेयक अघि बढेको हो । छ । विधेयक मतदानमा लगिए पास गर्न दुई तिहाई संसदको आवश्यक पर्छ ।


सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र तथा राजपाले संविधान संशोधनमा दुईतिहाइ मत पुग्ने विश्वास गरेका छन् भने एमालेलगायतका केही प्रतिपक्षि दलहरुले दुई तिहाई पुर्याउन नदिने बताइरहेका छन् । संसद्मा कायम भएका ५९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुईतिहाइ अर्थात् ३९५ मत आवश्यक पर्छ ।

प्रतिकृया दिनुहोस