वर्षाले ल्याइन "चट्ट मायालु"

Barsa news pic

इमरान खान
कपिलवस्तु । नेपालको पश्चिम क्षेत्र कपिलवस्तु जिल्लाको बुड्ढीहालको बुद्धभुमि नगरपालीका ४ माबाबु राजु लम्साल र आमाविन्दु लम्सालको कोखबाट वि.सं.२०५५ साल वैशाख ५ गते जन्मिएकि बर्षा लम्साल यतिबेला नेपालीलोक सांगितिक क्षेत्रमा उदाएकि छिन

सामान्य परिवारमा हुर्केर उच्चप्राविधिक तर्फ भेटेरेनरी (जेटिए) र उच्चशिक्षातर्फ १२ कक्षा अध्ययन गरिरहेकि वर्षाले लोक संगितमा पनि आफ्नो पाईला अगाडि सारेकि हुन ।

१८ वर्ष कै कलिलो उमेरमा उनले दुईवटा एल्वमबजार सम्मल्याउन सफल भएकि छन । पहिलो लोकदोहोरी एल्वम(परेवीले)हो, भने दोश्रो तिज गीत एल्वम (चट्ट मायालु) हो ।सानै अमेरमा वर्षाले त्यो अवसर प्राप्त गरेकि छिन र सांगीतिक क्षेत्रमा फराकिलो धरातल बनाउने दाउमा छिन । संगित क्षेत्रमा कसरी प्रवेश गर्नु भयो भन्ने प्रश्नमा उनि भन्छिन ‘‘मलाई मेरो घर घरपरिवार, आफन्तजन, दिपक भण्डारी, सन्तोष पन्थील गाएतले विशेष सहयोग पुर्याएको हुनाले यो स्थानमा पाईला टेक्न सफल भएकि हुँ । आमाबावाको एक्ली छोरी लम्साल घर परिवार तर वर्षा भने सानै देखि सांगितिक क्षेत्रमा रुचि राख्ने भएकोले पनि उनको लक्ष्य ठुलो रहेको छ ।

लोप हुन लागेको नेपालीलोक संगितको धरातलमा रहेर लोक संगितमा आफ्नो पहिचान स्थापीत गराउने उनले दावी गर्छिन ।कपिलवस्तु जिल्लाका विभिन्न ठाउँहरुमा हुने मेला, महोत्सवमा उनको प्रस्तुतिले निकै चर्चा पाउने गर्दछ । उनि १८ र १९ वर्षको उमेर मै स्टेज तताउन लागेकि छिन । लोक तथा आधुनिक गायक दिपक भण्डारी र वर्षा लमसालको स्वरमा सजिएको (परेविले) भन्ने गित केहि समय पहिले स्थानिय तहमा निकै चर्चामा आएको थियो भने भर्खरै बजारमा आएको तिज गितएल्वम –चट्च मायालुले पनि दर्शक श्रोताको मन जित्नेमा उनि ढुक्क छिन । आ आफ्नो जिन्दगिको यात्रालाई कलाकारीताको माध्यम बाट अगाडि बढाउने लम्साल बताउछिन ।

उनले २०७४ को तिजको लागि आफनो पहिलो गित –चट्टमायालु बजार सम्मलिएर आएकि छिन । स्वाभिमान क्रियशन प्रा.ली. को बजार व्यवस्थापन विधान कार्किको लय, बर्षा र शिवखनालको स्वरमा सजिएको उक्त तिज गितले यति बेला निकै तहल्का पिटिरहेको छ । सांगितिक क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दो रहेको छ । पछिल्लो समय हाम्रो देश माआफनो मौलिक पन विर्सने गरी नै गितहरु गाउन थालिएको छ ।

 

प्रतिकृया दिनुहोस