कर्णालीका आमाहरु सुनौला हजार दिनबारे शिक्षा दिँदै

Humla2

जुम्ला । यहाँका ग्रामीण आमाहरु आफ्ना बस्तीका महिलालाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन थालेका छन् ।

तिला गाउँपालिका ३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्दै गएको छ ।

आफूहरुले बूढापाका, सासू बुहारीका साथै विवाह गर्न योग्यका जोडीलाई पनि ‘सुनौला हजार दिन’ महत्व र प्रभावबारे बुझाउँदै आएको उनको भनाइ थियो ।

स्वयंसेविका देवी गिरीले गर्भवती भएको नौ महिना बराबर २३० दिन र बच्चा जन्मेदेखि दुई वर्षसम्मको ७३० दिन गरेर एक हजार दिन हुन्छ भनेर गाउँका सबैलाई सिकाउँदै आएको बताउए ।


यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले यसलाई ‘सुनौला हजार दिन’ भनिएको कुरा प्रष्ट्याउँदै आएको उनको भनाइ रहेको छ।

हरेक बार, खाना चारदेखि वृद्धि विकास गर्ने, रोग नलाग्ने र शक्ति दिने’ खानाका बारेमा आफ्नो वडाका बस्ती बस्तीमा जानकारी दिँदै आएको छ।

गर्भ रहेदेखि नौ महिनासम्म लगतार चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र विभिन्न खोप लगाउनेबारे पनि बुझाउँदै आएको बताए ।

गरिब घर परिवारका गर्भवती महिलालाई घरमा उपलब्ध स्थानीय अन्न गेँडागुडी, सागपात र अन्य चीज मिलाएर खान सुझाव दिएको उनको भनाइ छ ।

सुनौला हजार दिन सञ्चार अभियान जुम्लाका जिल्ला संयोजक धर्मराज शाहीले कार्यक्रम लागू भएका साविकका १० गाविसमा राम्रो प्रभाव पर्दै गएको बताए।

उनले विशेषतः गर्भमा रहेदेखि नौ महिनाका महिला र दुई वर्ष उमेर पुगञ्जेलसम्मका बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित गर्न यो कार्यक्रम सञ्चालन गरिएको जनाए ।

कुडारी स्वास्थ्य चौकी इञ्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले यो कार्यक्रमले महिलामा जागरण आएको बताउए । उनका अनुसार विगतभन्दा अहिले गर्भावास्थामा निरन्तर स्वास्थ्य चेकजाँच गर्नेको संख्यामा वृद्धि आएको छ ।

प्रतिकृया दिनुहोस