टेनिस टोली भारत जाने

काठमाडौँ । आईटीएफ÷एटीएफ यु–१६ डेभलोप्मेन्ट ट्रेनिङ क्याम्पमा सहभागी हुन ४ लनटेनिस खेलाडीसहित ७ सदस्यीय टोली आइतबार भारतको नयाँ दिल्ली जाँदैछ ।

पुरुष खेलाडीमा राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल तथा महिलामा प्रेरणा कोइराला र अभिलाषा विष्ट छन् । प्रशिक्षकमा गंगा शर्मा छिन् ।

अभिभावकका रुपमा अजय विष्ट र प्रमिला विष्ट पनि टोलीसंगै दिल्ली जानेछन् । टोलीलाई अखिल नेपाल लनटेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले शनिबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बिदाइ गरे । क्याम्प अगष्ट २१ देखि सेप्टेम्बर २ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...