वागमति जस्तै चक्रपथ सफाई सुरु

Dsc05650

काठमाडौं । वागमति जस्तै शनिबारदेखि चक्रपथ सफाई अभियान सुरु भएको छ । पहिलो पटक चक्रपथको बाफलबाट अभियान सुरु भएको हो ।

चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको हो ।

पहिलो दिन बाफलबाट स्युचाटार पुलसम्म सरसफाई गरिएको हो । सडकमा भएको ढुलो वढार्ने, सडक छेउमा रहेका झारपाट काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको सफाईको काम भएको थियो ।

सफाईको काम विहान सात वजेदेखि नौ बजेसम्म भएको थियो । सफाईमा पाँंच सय वढीको सक्रिय सहभागिताका थियो । स्थानीय, शशत्र प्रहरी , नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा जन प्रतिनिधिहरु सरसफाईमा जुटेका थिए ।

वागमति सफाईका अभियन्ता, नेपाल सरकारका पूर्व सचिव एवं साझा पार्टीका नेता किशोर थापाले अभियानको उदघाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ हास्यकलाकार श्रीकृष्ण सिम्खडालगायतका विशिष्ठ ब्यक्तित्वहरु पनि सहभागी रहेका थिए ।

सफाई अभियान हरेक शनिबार विहान सात वजेदेखि नौ बजेसम्म दुई घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताए । “हामी झार खान्छौ तर हार खाँंदैनौ”, अभियन्ता कुँंवरले भन्नुभयो, चक्रपथलाई सफा गरी हराभरा योजना बनाएका छौं ।

कुनै सरकारी, गैरसरकारी संस्थाबाट सहयोग नभई व्यक्तिगत रुपवाट नै सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा चक्रपथ ओरपरका कसैको पनि व्यक्तिगत स्वार्थ छैन, समाजकै लागि हो, कुँंवरले भने । सफाईका लागि आवश्यक ज्याकेट, पंन्जा, माक्स, डोको, सावेललगायत खानेपानी सवै सामुहिक रुपमै ब्यवस्था गरिएको थियो ।

चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि सात हप्ता यस्तै सफाई अभियान चलेको थियो । त्यस क्रममा सफाईका साथै बन विभागबाट दुई सय वटा विरुवा ल्याई रोपिएको पनि थियो ।

तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको थियो । चक्रपथमा बढदो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो ।

अभियन्ता कुँंवरले अहिले पनि चक्रपथ विस्तार योजना रहेकोले सफाई मात्रै गर्ने बताए । चक्रपथ विस्तारपछि चक्रपथ आसपास हराभरा बनाउन वृक्षारोपण गर्ने र चक्रपथ सुगन्धित बनाउने योजना रहेको सुनाए ।

 खोला सफा मात्र गरेर नहुने वताउँदै यदि खोला नाला सफा गर्नु छ भने खोलामा बगेर जाने फोहरलाई बाटोवाटै नियन्त्रण गर्ने अभियान आफुहरुले थालनी गरेको वताउनुभयो । हाम्रो अभियान केवल चक्रपथ सफा गर्ने मात्र नभएर पुरै काठमाण्डौ उपत्यका हराभरा वनाउने हो जसका लागि सवै एक जुट हुन आवश्यक छ ।

चक्रपथ सफाईको पहिलो दिन १३ टन फोहर संकलन भएको थियो । संकलित फोहरलाई फोहर उठाउने गाडीमा राखी काठमाण्डौं महानगरपालिका वडा नम्वर १३ ले ब्यवस्थापन गरिएको थियो ।

सफाई अभियानमा नार्गजुन नगरपालिकाकी उपमेयर सुसिला अधिकारी , काठमाण्डौ महानगरपलिका १३ नंम्वर वडा अध्यक्ष धुर्वनारायण मानन्धर वडा सदस्य रामवावु कोईराला , नागरर्जुन नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष करण कुमार बलामी वडा सदस्य विशेश्वर ढुंगाना , ससस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक राजु महर्जन , नेपाल प्रहरी कालिमाटीका नायव उपरिक्षक नवराज अधिकारी लगायतका ब्यक्तित्वहरु सहभागी रहेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...