मनसुनी न्यूनचापीय प्रणालीले बदली र वर्षा

Badali akash cloudy sky

काठमाडाँ । मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले शनिबार देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट विस्तारै सर्दै गरेको र मध्य भेगमा न्यूनचापीय क्षेत्रको विकासले काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

उनकाअनुसार भारतको उडिसा राज्य र उत्तर–पश्चिम बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको कारण पनि नेपालको मौसममा प्रभाव पारेको छ ।

अहिले देशभर बदली र मध्य भेगमा वर्षा रहेको र यो क्रम भोलि आइतबार पनि जारी रहने मौसमविद् पौडेलको भनाइ छ । साँझपख देशका अन्य स्थानमा पनि सामान्य वर्षा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सबै भन्दा बढी ताप्लेजुङमा ४० र सबैभन्दा कम काठमाडौँमा ३ मिलिमिटर वर्षा भएको छ ।

विराटनगरमा १३, पोखरामा २१, जुम्लामा ११, वीरेन्द्रनगरमा १० र दिपायलमा १२ मिलिमिटर वर्षा भएको छ । शनिबार काठमाडौँको अधिकतम ३१ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...