हाम्रो पहुँचको तीज मनाऔँ , तडकभडक नगरौँ

दाङ । नेपाली चाडवाडलाई भड्कीलो नभइ सरल बनाउँदै लैजानुपर्नेमा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तुलसीपुर दाङका सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार भरत भण्डारीले चाडपर्व भड्कीलो हुँदै जाँदा जनताको पहुँच बाहिर जान थालेको भन्दै नेपाली चाडवाडलाई सरलिकृत गर्नुपर्नेमा जोड दिए । उनले चाडपर्वलाई भड्किलो बनाउँदा स्वाथ्यमा समेत असर पर्ने बताए ।

भण्डारीले भने चाडवाड भड्किलो हुँदै जाँदा न्युन आए भएकाहरुको चाडवाड प्रति विकृति जाग्दै जान थालेको भन्दै चाडवाडलाई भड्किलो बनाउँदै जाँदा चाडवाडको महत्व नै घटाएको बताए ।

उनले प्रतिस्पर्धामा कोही भन्दा कोही माथि हुन नसक्ने भन्दै मंहगो खाने र लगाउनेमा प्रतिस्पर्धा नगरी सामान्य तरिकारबाट तीज मनाउन हाम्रो पहुँचका कर्मचारीलाई आग्रह गरे ।

संस्थाका व्यवस्थापक जनक भण्डारीको सञ्चालन सुरु भएको कार्यक्रममा अध्यक्ष शुक्रराज भण्डारीले संस्था, सञ्चालक समिति र कर्मचारीको तर्फबाट बाढि पीडितलाई सहयोग गरिने बताए ।

सचिव देवराज भण्डारीको स्वागत मन्तब्यबाट अघि बढेको भण्डारीले महिला मुक्ति सँग जोडिएको तीजमा पछिल्लो समय बिकृति बढेको भन्दै त्यसबाट बच्न सबैलाई आग्रह गरे ।

उनले हिजोको समाजमा जस्तो आजको समाजमा महिलाका पीडा नभएको भन्दै तीजमा महिला मुक्ति र महिला स्वतन्त्रताका आजाव उठाउन आवश्यक रहेको बताए ।

 

प्रतिकृया दिनुहोस