दाङमा पाँच महिनादेखि भूमिसुधार कार्यालय प्रमुख विहीन

दाङ । जिल्ला भूमिसुधार कार्यालय दाङ पाँच महिनादेखि कार्यालय प्रमुख विहीन भएको छ ।

भूमिसुधार अधिकारी टीकाराम ढकाल चैत १३ गते सरुवा भएपछि कार्यालय प्रमुख विहीन बनेको हो । सरुवा भएको पाँच महिना पुग्दा समेत नयाँ कार्यालय प्रमुख नआउँदा कार्यालयबाट प्रवाह हुने सेवामा समस्या भएको छ ।

कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख नारायणप्रसाद पोख्रेलले समाल्नुभएको छ । तर उहाँले आफूलाई अधिकार नदिएका कारण अन्तिम अवस्थामा रहेका मुद्दाको फैसलासमेत हुननसकेको बताए ।

प्रमुख नहँदा मोही र जग्गाधनीको बीचमा मिलापत्र हुननसकेको, मोही नामसारी, मोहीको लगतकट्टा गरिपाउँ भन्दै परेका उजुरी सम्बोधन हुनसकेका छैन ।

साथै कार्यालयमा मोही सम्बन्धी विभिन्न खालका निवेदन परे पनि ती निवेदनको टुंगो लाग्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिका १३ का करिब ४० घरपरिवारलाई शुक्रबार राहत प्रदान गरिएको हो । विभिन्न संघ संस्थाले उपलब्ध गराएको राहत बाढीपीडितलाई वितरण गरिएको हो ।

सिसा नेपालको आयोजना तथा जिल्ला दैविक प्रकोप उद्धार समितिको समन्वयमा कारितास नेपाल, नेपाल रेडक्रस, वेस, जनस्वास्थ्य, खानेपानी डिभिजन, जिल्ला युवा सञ्जालले तुलसीपुर १३ को दमारगाउँमा १४ घरपरिवार र रनियापुरका २६ घरपरिवार र अन्य बाढीपीडितलाई बाढीग्रस्त क्षेत्रमा पुगेर राहत वितरण गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...