नेपाली एनजिओद्धारा विदेशी एनजिओमाथि उजुरी

Wester

काठमाडौं । ज्योतिको घर–नेपाल (लाईट हाउस फाउण्डेशन नेपालले स्विडिस एनजिओ लभ नेपाल(पछि नाम परिवर्तित लभ एण्ड होप) ले सामाजिक कार्यको नाममा गैरकानुनी तथा गलत धन्धा चलाएर करोडौं रकम कुम्ल्याएको आरोप लगाएको छ 


ज्योतिको घर–नेपालले दाबी गरेको छ कि उक्त संस्थाले नाटकीय ढंगले करिब ६ सय नेपाली चेलीहरुलाई भारतको बेश्यालयबाट उद्धार गरेको र ९ सय चेलीवेटीहरुको लागि घर समेत सञ्चालन गरिरहेको भनेर हल्ला चलाएको थियो ।

त्यस्तै उक्त संस्थाले सोसल मिडियाहरुमार्फत स्विडिस नागरिक, संघसंस्था तथा अन्य देशहरुसँग समेत सहयोगको लागि आग्रह गरेको र सोही अनुसार चार मिलियन अमेरिकी डलर संकलन समेत गरेको जनाएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा ज्योतिको घर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्वेडिस अधिवक्ता एनेली वेष्टरले भनिन् ‘लभ एण्ड होपको नेपालमा कुनै घर छैन, र तीनीहरुले अहिलेसम्म कोही पनि बच्चाहरुको उद्धार गरेका छैनन् ।

बास्तवमा तीनीहरुले ज्योतिको घर नेपाललाई स्पोन्सर गरेका हुन् । जसले सन् २००९ देखि नेपालमा बच्चाहरुको लागि गृह सञ्चालनमा ल्याईरहेको छ र बेश्यालयबाट पनि चेलीहरुको समेत उद्धार गरेको छ ।’

वेष्टर आँफैमा एक मोटिभेस्नल स्पिकर, मेन्टर र वल्र्ड रेकडै सेटिङ आरोही समेत हुन्, जसले सन् २०११ मा स्विेडनमा “फेमस एडभेन्चरर अफ द ईअर अवार्ड” समेत हाँसिल गरेकी छिन् । उनी नेपाल सन् २०१५ मा आएकी हुन् ।

भुकम्प पीडितहरुको उद्धार र राहतमा खटिन उनी नेपाल आएकी हुन् । उनका अनुसार त्यही वेला उनी स्विडिस गैरसरकारी संस्था लभ एण्ड होपसँग नजिक भएकी थिइन् ।

जब उनले ज्योतिको घर नेपालसँग सम्पर्क गरिन त्यतिवेला उनलाई थाहा भएको कि उक्त स्विडिस संस्थाले नेपालमा गैरकानुनी ढंगले गलत काम गरिरहेको छ ।

वेष्टरका अनुसार संकलित जम्मा रकममध्येबाट ३ लाख ८० हजार अमेरिकी डलरमात्रै संस्थामा पुगेको थियो ।आयोजकका अनुसार लभ र होप नामक संस्था स्विडिस नागरिकद्धय माईकल आल्फ्भेन र उनकी श्रीमती ईंक म्यारी आल्फ्भेनले सञ्चालन गरेका थिए ।

ज्योति घर नेपालका अध्यक्ष विजय लामाले भने,“स्विडिस दम्पत्तिले नेपाल आउँदा आर्थिक रुपमा बच्चाहरुलाई सहयोग गर्ने ईच्छा देखाएका थिए, फलतः हामी पनि उनीहरुसँग सम्झौता गर्न बाध्य भयौं र आर्थिक सहयोग प्रयोग गरेर संस्था चलाउनको लागि हामीले सम्झौता गर्यौं ।

अध्यक्ष लामाले अघि थपे,“हाम्रा बच्चाहरुले हामीलाई पछि गुनासोहरु पोखे कि स्विडिस नागरिकहरुले हाम्रा बच्चाहरुमाथि गलत काम र दुव्र्यवहार गरेको भनेर, बच्चाहरुको उजुरी अनुसार हाम्रो संस्थाका अधिकारीहरुले यसबारेमा जाँचबुझ गर्न खोज्दा उल्टै ती नागरिकहरुले हाम्रा अधिकारीहरुलाई दुव्र्यवहार गरेका थिए।

लामाका अनुसार समस्या समाधानको लागि पटक पटक आग्रह गर्दापनि तीन दम्पत्तीले बेवास्ता गरेका थिए ।

केही समयपछि ती दम्पत्तिहरु ऋाफूहरुलाई कुनै जानकारी नै नदिईकन स्वदेश स्विडेन फर्किएको जानकारी दिँदै लामाले भने,“उनीहरुसँग हामीले धेरैपटक सम्पर्क गर्ने कोशिश गर्यौं, तर हाम्रो प्रयास सफल हुन सकेन्।”

ज्योतिको घर नेपालले प्रहरीसमक्ष लभ एण्ड होपका चार कामदारहरुको बारेमा विभिन्न अपराध जस्तो संयुक्त राष्ट्रसंघको चिल्ड्रेन कन्भेन्सन उल्लंघन गरेको, धेरै बच्चाहरुको सेक्सुयल हा«समेन्ट, साईवर क्राईम(बच्चाहरुको फोटो सोसल मिडियाहरुमा प्रयोग गर्नु र ज्योतिको घर नेपाललाई आफ्नै संस्था हो भनेर प्रस्तुत गर्नु, यहाँका कर्मचारी, बच्चाहरु र कामदारहरुलाई विना लिखित सम्झौता आर्थिक सहयोग उठाउने कार्यमा प्रयोग गर्नु रहेको थियो ।

ज्योतिको घर नेपालले उक्त विदेशी एनजिओको बारेमा काठमाडौंको भृकुटिमण्डपस्थित् पर्यटन प्रहरी र परराष्ट्र मन्त्रालय अन्र्तगर्त डिपार्टमेन्ट अफ कन्सुलर सर्भिसेससमक्ष उजुरी दिएको र सोही अनुसार स्विडिस सम्बन्धित निकायमा यो केश पठाईएको आयोजकले जनाएको छ ।

फेरि वेष्टरले भनिन्,“अहिले यो विषयमा सम्बन्धित निकायबाट जुन प्रतिक्रियाहरु आईरहेका छन्, यी सबै ऐतिहाँसिक छन यो नेपालको पहिलो यस्तो केश हो, जहाँ नेपालले या विषयमा गम्भिर रुपमा लिएको छ।”

उनले अघि थपिन्,“यो केशको बारेमा अन्र्तराष्ट्रिय महत्वको बारेमा जानकारी दिन म आँफैपनि संयुक्त राष्ट्रसंघ पुगेको थिए । यो त ठूलो समस्या रहेछ, नेपालमा मात्रै नभएर विश्वमै समस्या फैलिएको छ ।”

उनका अनुसार यो केश अब विदेशी दातृ निकाय र व्यक्तिहरुको लागि पनि चेतावनी हो । उनले थपिन्,“नेपाल आएर गलत काम गर्नुभयो भने हामी कारवाही गर्न सक्छौं भन्ने कुरा यो केशले देखाएको छ, तपाईहरुपनि यस्तै ईस्युमा हुनुहुन्छ भने त्यहाँ चूनौतिहरु छन् र तपाईले धेरै वर्षहरु जेलमा बिताउनुपर्नेछ ।”

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...