अरनिको राजमार्गअन्तर्गतको बाह्रबिसे–काठमा्डौ सडकखण्डको जुरेमा पहिरो जाँदा सवारी आवागमन ठप्प

Sunkoshi flood

चौतारा । अरनिको राजमार्गअन्तर्गतको बाह्रबिसे–काठमा्डौ सडकखण्डको महभीर र जुरेमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ ।

अविरल वर्षाका कारण महभीर र जुरेमा पहिरो गएको हो । बाह्रबिसे, तातोपानीबाट राजधानी जाने प्रमुख सडक महभीर, जुरेमा चार दिनदेखि भास्सिन थालेको थियो ।

हिजो बिहानदेखि जुरेस्थित सडक वरपरका पहाड झर्न थालेपछि सडकको अवरोध हटाउन नसकिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार वाखुले जानकारी दिए ।

सडक सबै पहिरोले छोपिएकाले बाटो खोल्न समय लाग्ने देखिएको छ । घटनास्थलमा यात्रुलाई सहयोगका लागि पुगेका प्रहरीका अनुसार पहिरोले पैदल हिड्नसमेत जोखिमपूर्ण बनाएको छ ।

पुरानो जुरे पहिरो फेरि झर्न थालेको छ, महभीरमा सडक भास्सिएसँगै पहिरो झरिरहेको छ ।सडक अवरुद्ध भएपछि दर्जनौ बिरामी र पर्यटक अलपत्र परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...