फोटो पत्रकारलाई विमानको व्यवस्था गर्नुपर्ने माग

Nac

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूहले १ सय ७८ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा शनिबार  प्रभातफेरी आयोजना गरेको छ ।

सन् १८३९ अगस्ट १९ मा फ्रान्सबाट फोटोग्राफीको सुरुआत भएको र त्यसको उपलक्ष्यमा नेपालमा पनि १३ वर्षदेखि विश्व फोटोग्राफी दिवस मनाउँदै आइएको छ ।

प्रभातफेरी भृकुटीमण्डपबाट शुरु भई भद्रकाली, शहिदढोका, सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा आएर कोणसभामा परिणत भएको थियो । नेपालमा विसं २०६१ देखि विश्व फोटोग्राफी दिवस मनाउन शुरु गरिएको हो ।

कार्यक्रममा फोटो पत्रकार समूहका अध्यक्ष धुव्र आलेले फोटोग्राफी दिवस फोटो पत्रकारका लागि मात्र नभएर सम्पूर्ण फोटोप्रति आस्था राख्ने व्यक्तिको भएको बताए।

समूहका पूर्वअध्यक्ष कवीन्द्रमान शाक्यले फोटो पत्रकारको हकहितको रक्षा गर्दै नेपालको फोटो पत्रकारिताको व्यावसायिक विकास गर्न समूह स्थापना गरिएको बताए ।

भिडियो क्यामरा एशोसियसनका अध्यक्ष दिलीप थापा मगरले पत्रकारितामध्ये जोखिमको पत्रकारिता भिडियो तथा फोटो पत्रकारिता हो भन्दै भिडियो र फोटो पत्रकारका हकमा सरकारले अत्यावश्यक समयमा विमानको व्यवस्था गर्नुपर्ने बताए ।

त्रिवि रत्नराज्य लक्ष्मी क्याम्पस फोटो पत्रकारिताका शिक्षक मधुसूदन थापा, समूह कास्कीका अध्यक्ष इन्द्र पौडेल, पाल्पाका अध्यक्ष कृष्ण दर्नाललगायतले फोटो पत्रकारिताको विकासमा समूहले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा झन् अगाडि बढ्न शुभकामना दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...