काँग्रेसले  रुकुममा हामी माथि गरेको कारवाही पूर्वाग्रही हो : सांसद मल्ल

Congress rukum

काठमाडौं । सांसद मिठ्ठु मल्लले चरित्र हत्या गर्ने मनसायले काग्रेस जिल्ला कार्यसमिति रुकुमले आफुमाथि कार्वाही गरेको आरोप लगाएकी छिन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सांसद मल्लले गत बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीलाई घात गरेको भन्ने निराधार आरोप लगाएर साधारण सदस्य समेत नरहनेगरि निश्कासन गरिएकोमा खेद व्यक्त गरेकी छिन् ।

सांसद मल्लले भनिन्,‘म त्यतिबेला सहरी राज्यमन्त्री थिएँ, यो कुरा कति पत्याउन लायक छ ? त्यस्तो अवस्थामा मैले पार्टीको आस्था र मयार्दालाई शिरमा राखेर निर्वाचनमा पार्टीलाई विजयी बनाउन खटिएँ तर पार्टीका साथीहरुले यस्तो गैर–जिम्मेवार र व्यक्तिगत रिसिईबीले गर्दा आज चरित्र हत्या गर्न खोजिएको छ, अब हामी जतिपनि कारवाहीमा मुछिएका छौं, हाम्रो समस्या समाधानको लागि केन्द्रिय नेता र केन्द्रिय कार्य समितिमा जान्छौँ ।

उनले अघि थपिन्,‘म २०४७ सालमा शुसिल कोईरालाले मलाई नेपाल महिला संघको अध्यक्ष बनाउनु भएको थियो, मरो परिवारले काँग्रेसको लागि ठुलो योगदान दिएको छ, मलाई जुन कारवाही गरेको छ यो मिथ्था हो, सबै साथीहरुलाई मेरो आग्रह छ । तपाई विचलित नहुनुहोस् हाम्रो जित्ने दिन आउँछ ।’

रुकुम क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति सुरतजंग मल्लले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई घात गरेको स्पष्ट प्रमाण कसैले दिएको खण्डमा कार्वाही भोग्न तयार रहेको बताए ।

सभापति मल्लले भने,‘मैले स्थानिय तहको निर्वाचन सक्दो सहयोग गरेको छु, हाम्रो क्षेत्र भनेको माओवादीको पकड ईलाका हो, हाम्रो पार्टीले उम्मेदवार छान्ने र संगठन बलियो बनाउने काममा गल्ति गरेको थियो तर मैले कुनै पनि हालतमा पार्टीको भलाई नै आफ्नो हित ठानेर दिन–रात निर्वाचनमा डटेर लागे तर आज मिथ्था आरोप लगाएर हामीलाई नै कार्वाही गरिएको देख्दा अच्चम्म लागेको छ ।’

मल्लले अघि थपे,‘रुकुमको मुसिकोट नगरपालिकामा जव हाम्रो पाटीले पराजय भोग्नु पर्यो त्यसपछि काँग्रेसका ईमान्दार, विगत लामो ईतिहासको काल खण्डदेखि काँग्रेस र काँग्रेसी जनको भलाईको निम्ति लागेका हामी कार्यकर्तालाई यस सुनियोजित तरिकाले चरित्र हत्या गर्ने हिसावमा कार्वाही हुने दुःखद् हो, अव तत्तकाल यर्थात प्रमाण सहित सत्य बाहिर आउनुपर्छ, यदि स प्रमाण दिन नसकेर हामीलाई लज्जीत बनाउने काम गरिन्छ भने केन्द्रिय नेतृत्वले नै यसको जिम्मेवारी लिनुपर्छ, जिल्लाका जो साथिहरुले कार्वाही गर्ने निर्णय गरे ति साथीहरुको बारेमा छानविन गर्नको लागि पनि आग्रह गर्दछु ।’

रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर पुनले आफुमाथि जिल्ला कार्यसमित रुकुमले गरेको कारवाही पूर्वाग्रही भएको दाबी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...