तेस्रोलिंगी मोनिकाको विवाह विवादमा, यस्तो विवाहलाई समाजले समर्थन नगर्ने

Monika2222

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजले तेस्रोलिंगी मोनिका शाहीको विवाहलाई समलिंगी विवाह भएको भनेर नबुझिदिन आग्रह गरेको छ ।

समलिंगी विवाह कानुनी मान्यताको अन्तिम चरणमा रहेको अवस्थामा कसैको लहडका भरमा गरिने विवाहलाई समलिंगी विवाहले मान्यता पाएको भनेर नबुझिदिन समाजले आग्रह गरेको हो ।

डडेल्धुराको परसुराम नगरपालिका कार्यालयमा तेस्रोलिंगी महिला शाहीले दुई सन्तानका बाबु रमेशनाथ योगीसँग गरेको विवाहलाई समलिंगी विवाह भनेर मान्न नसकिने समाजले प्रष्ट पारेको छ ।

समाजकी अध्यक्ष पिंकी गुरुङ र कार्यकारी निर्देशक मनिषा ढकालले संयुक्त विज्ञप्ती निकालेर शाही र योगीको विवाहलाई समलिंगी विवाह हो भनेर मान्न नसक्ने प्रष्ट पारेका हुन् ।

विवाहित श्रीमती र बच्चा घरमै भएको अबस्थामा कानुनत सम्बन्ध विच्छेद नभई तेस्रोलिंगी महिलासँग विवाह गर्नु कुनै पनि अवस्थामा व्यवहारिक तथा न्यायोचित नहुने समाजको ठहर छ । समाजले यस्ता कदमको समर्थन नगर्ने समेत प्रष्ट पारेको छ ।

आफ्नो अधिकार खोज्दै गर्दा कुनै महिला वा बालबालिका माथि अन्याय हुनु हुदैन भन्ने बुझाई भएर नै हामी समलिंगी विवाह सम्बन्धी स्पष्ट कानुन बनोस भन्ने चाहन्छौ समाजले निकालेको विज्ञप्तीमा लेखिएको छ, कानुनत विवाह हुन सक्ने अरुको अधिकार हनन हुने तथा सस्तो प्रचारवाजी कै लागि गरिने समुदायकै साथीका गैर जिम्मेवार कदम प्रति संस्था उभिरहन नसक्ने पुन स्पष्ट पार्न चाहन्छौ ।

समाजले समलिंगी विवाह कुनै एक व्यक्तिको प्रचार सामग्री नभएको भन्दै यो सम्पूर्ण समुदायको अभियान र आवश्यकता भएको वताएको छ ।

समाजले मोनिका शाही र रमेशनाथ योगीबीच पहिलो पटक समलिंगी विवाह भै दर्ता समेत भएको भन्ने समाचार प्रति पनि संस्थाको ध्यानाकर्षण भएको जनाएको छ ।

समुदायका साथीले आफ्नै पहलमा अधिकार प्राप्त गर्ने कुरामा संस्थाको दुइमत छैन तथा संस्थाको अधिकार प्राप्तिको अभियानमा हरेक समुदायका साथीको उपलव्धीमा गर्व समेत गर्दछ विज्ञप्तीमा लेखिएको छ, तथापी कानुन नै नबनेको तथा कानुनले सम्बोधन गर्नु पर्ने थुप्रै विषय बाँकी रहेको अबस्थामा समलिंगी विवाह कुनै एक व्यक्तिको आफ्नो व्यक्तिगत पहुचका आधारमा दर्ता मात्र गर्दैमा यसलाई समलिंगी विवाहले मान्यता पाएको भनेर बुझ्नु र सोही आधारमा समाचार सम्प्रेषण हुनुले केही विवाद भने अबस्य निम्त्याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...