बजारको फोहोर गाउँ आउन रोक

Tulsipur

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौराका जनताले बजारको फोहोरबाट आफूहरु पीडित भएको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर अभियान अन्र्तगत वडा नं. ६ का जनप्रतिनिधीहरुले शुक्रबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागी स्थानियले बजारको फोहोरका कारण आफूहरु रोगी हुनुपरेको बताए ।

उनीहरुले तुलसीपुर बजारमा उत्पादन हुने फोहोरको सहि ब्यवस्थापन नगर्दा बजारदेखि दक्षिण भागका जनता फोहोर पीडित भएको भन्दै बजारको फोहोर बजारमै रोक्न माग गरेका थिए ।

‘हामीले यहाँ जती सफा गरेपनि हुँदैन, बजारबाट आउने ढलमा प्लास्टीक, सिसा, किलाकाँटी लगायत फोहोरको डङ्गुरै बगेर आउँछ, पहिले त्यसलाई रोक्न कदम चाल्नुस्,’ सरस्वती सामुदायीक बन उपभोक्ता समूहका अध्यक्ष रेषम बहादुर भण्डारीले बताए ।

उनले बजारलाई मात्रै सफा गरेर तुलसीपुर क्लीन नहुने भन्दै गाउँमा पनि सरसफाई अभियान चलाउन जनप्रतिनिधीहरुलाई आग्रह गरे ।

भण्डारीले बजारको ढल कुलामा मिसाउँदा गाउँका खेतबारी र घरआगनमा फोहोर थुप्रिएको भन्दै जथाभावी फोहोर फाल्नेलाई उपमहानगरपालिकाले कारवाही गर्नुपर्ने बताए ।

कार्यक्रममा कृष्ण बहादुर भण्डारी, भोजराज भण्डारी, खिमबहादुर बस्नेत र विकास भण्डारीले सबैभन्दा बढि फोहोर गर्ने बस्तु प्लास्टिक भएको भन्दै यसको प्रयोगमा पूर्ण निशेध गरिनुपर्ने बताए ।

स्थानियहरुले गाउँमा सरसफाई गरिएपनि बजारबाट बगेर आउने फोहोर सरसफाईको मुख्य चुनौती भएकाले पहिले त्यसलाई नियन्त्रण गर्न सुझाव दिएका थिए ।

वडा नं. ६ का सदस्य हरिबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष नवराज लामिछानले ६ नं. वडाका ११ वटै गाउँमा सरसफाई अभियान सञ्चालन गर्नेगरी योजना तयार भएको बताए ।

उनले घर सफा भएमात्रै वडा सफा हुने र वडा सफा भएमात्रै नगरलाई सफा राख्न सकिने भएकाले नगरले बनाएका योजना कार्यान्वयनमा सहयोग गर्न जनतालाई आग्रह गरे ।

अध्यक्ष लामिछानेले घरबाट निस्कने फोहोरलाई घरमै ब्यवस्थापन गर्न सके सरफाइ अभियानलाई ठूलो सहहयोग पुग्ने भएकाले त्यसतर्फ ध्यान दिन स्थानियलाई आग्रह गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले नगरको फोहोर ब्यवस्थापन गर्न योजना तयार भइरहेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ दाङका सदस्य नारायण भण्डारीले विकल्प सहित प्लास्टीकको प्रयोगमा प्रतिबन्ध लगाइनुपर्ने सुझाव राख्नु भएको थियो ।

त्यस्तै मानव अनुग्रह सेवा केन्द्र दाङका अध्यक्ष टोपबहादुर महतराले सरसफाई अभियान सहर र गाउँमा फरक फरक तरिकाबाट सञ्चालन गरिनुपर्ने बताए ।

उनले भान्साबाट निस्कने फोहोरबाट जैविक मल बनाउन सके पनि फोहोर ब्यवस्थापनमा सहयोग मिल्ने विश्वास ब्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...