अविरल वर्षासँगै बिथोलियो वन्यजन्तुको बासस्थान

बगेर दुई गैंडा भारत पुगे एउटा गैंडा, रतुवा र ५ वटा चित्तल मरे बाढी नघटेकाले उद्धारमा ढिलाइ

Jjk

भाद्र । अविरल वर्षासँगै आएको बाढीले चितवन निकुञ्जमा रहेका ५ वटा गैंडा बगाएको छ । २ वटा बगेर भारत पुगेका हुन् । ३ वटा निकुञ्जअन्तर्गतकै नवलपरासी क्षेत्रमा पुगेको निकुञ्जले जनाएको छ ।

बाढीले बगाउँदा एउटा गैंडा, एउटा रतुवा र ५ वटा चित्तल मरेका छन् । जिल्ला वन नवलपरासीको कार्यक्षेत्रमा पर्ने गण्डक नहरको १४ र १५ नम्बर ठोकरमा करिब तीन वर्षको भाले गैंडा मृत फेला परेको छ । तीनवटा गैंडा बगेर नवलपरासीको नर्सही, त्रिवेणी मध्यवर्ती सामुदायिक वन र वाल्मीकि आश्रममा पुगेका छन् ।

वाल्मीकि आश्रममा रहेको गैंडा घरी भारतको वाल्मीकि नगर त घरी नेपाल आउने गरेको छ,’ उद्धारका लागि त्यहाँ पुगेका निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, ‘२ वटा गैंडा भने भारतमै छन् ।’ ती दुई वाल्मीकि नगर र दक्षिणपूर्वी क्षेत्र बगाहमा पुगेका छन् ।

बगाहमा पुगेका गैंडा नदीमा बग्दै बस्ती नजिक पुगेका छन् । त्यहाँस्थित उखुबारीमा बसिरहेका छन् । त्यहाँ जंगल छैन । ‘हाम्रो पहिलो प्राथमिकता यहीं गैंडाको उद्धार गर्ने हो । वाल्मीकिमा भएका गैंडालाई उद्धार गर्न कठिनाइ भएको छ । गैंडा भारत पुगेकोबारे वाल्मीकि टाइगर रिजर्भका फिल्ड डाइरेक्टरले जानकारी गराएका थिए । अर्याल मंगलबार उद्धारका लागि पुगेका हुन् ।

राप्तीको बाढी गोलाघाटबाट नारायणीमा मिसिन्छ,’ उनले भने, ‘तर नारायणीमा ठूलो बाढी देखिएको थिएन, राप्तीले बगाएर पुर्‍याएको हुन सक्छ । उनले प्राविधिक टोलीसहित ३ वटा हात्ती परिचालन गरेर उद्धार गरिने बताए । बाढीले वन्यजन्तु बढी प्रभावित बनेका छन् ।

नदी किनार छेउमा रहेका गैंडा, चित्तल र रतुवा बगेका हुन् । गैंडाको उद्धारमा ४० भन्दा बढी कर्मचारी खटिएका छन् । ‘वन्यजन्तुहरू प्राय, नदी तटीय क्षेत्रमा बस्न रुचाउँछन्, त्यहाँ घाँसे मैदान हुन्छ, संरक्षणकर्मी वासु ढुंगानाले भने, ‘बासस्थान बाढीले डुबाउँदा भाग्न सक्दैनन्, त्यस्तो ठाउँमा साना साना माटाका ढिस्का बनाएर सुरक्षित बासस्थानको व्यवस्था गर्नुपर्छ ।

१५ पोस्ट डुबान
निकुञ्ज सुरक्षार्थ निर्माण गरिएका १५ वटा पोस्टमा पानी पसेको छ । रिउ र खहरेखोलामा आएको बाढीले बगईस्थित माडी सेक्टर कार्यालय बगाएको छ । सुखीभार क्षेत्रमा राप्तीको बाढी पसेको छ । जुन सबैभन्दा बढी गैंडाको बासस्थान रहेको ठाउँ हो । ‘बाढी पसे पनि ठूलो क्षति भएको छैन ।

उनले कसरा प्रवेश गर्ने राप्ती पुल छेउमा गैंडाको पाइला देखिएकाले बगेर आएका गैंडा सुरक्षित ठाउँमा गएको हुन सक्ने बताए । निकुञ्जमा ६ सय ५ गैंडा छन् । उनले भारतको सीमापार संरक्षण अवधारणाले गैंडाको उद्धारमा राम्रो सहयोग गरेको बताए ।

बाढीले १८ कृष्णसार बगायो
गुलरिया– बबई नदीमा आएको बाढीका कारण दुर्लभ वन्यजन्तु कृष्णसार बगेका छन् । गुलरिया नगरपालिका २ खैरापुर क्षेत्रमा रहेका १८ कृष्णसार बाढीमा बगेका हुन् । कृष्णसार बगाउँदै भारतीय जंगलमा पुर्‍याएको संरक्षणकर्मीले बताए ।
संरक्षण अधिकृत पुरुषोत्तम शर्माले पण्डितपुर हुँदै कृष्णसार बगेको पुष्टि गरे ।

साउन २९ गतेको बाढीले बगाएका कृष्णसारको खोजी भए पनि फेला नपरेको उनले जनाए । ०७१ साल साउन ३० गते आएको भीषण बाढीमा परी ४० कृष्णसार बगेका थिए । बर्दियामा अहिले २ सय ३६ कृष्णसार छन् । बाढीले बगाएका दुई भाले कृष्णसार मृत अवस्थामा फेला परेको र अन्यबारे विस्तृत विवरण तयार नभएको संरक्षण अधिकृत शर्माले बताए ।

बाढीबाट जोगाउन तीन हेक्टर क्षेत्रफलमा तीन वर्षअघि माटो पटान गरिएको थियो । डेढ डेढ हेक्टरका दुई स्थानमा जमिनबाट तीन मिटर अग्लो बनाई ४७ लाख ५० हजारको लागतमा माटो पटान गरिएको खैरापुर संरक्षण क्षेत्रले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस