कालाजारका बिरामी फेला परे

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उनलाई कालाजार भएको पुष्टि भएको हो ।

पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताए । निःशुल्क उपचारका लागि नगरपालिकाबाट सिफारिस बनाए पनि अझै खर्च जुटाउनु पर्ने अवस्था रहेको उनले भने। एक सातादेखि पदमलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

चिकित्सकका अनुसार सेन्डफ्लाइ नामक भुसुनाको टोकाइले सार्ने लिस्मेनिया नामक परजीवीको संक्रमणका कारण कालाजार हुने गर्छ । साँझ र राति भुसुना बढी सक्रिय हुने गर्दछन् ।

लिस्मेनिया संक्रमित कुकुरलाई भुसुनाले टोकी मानिसलाई टोकेमा कालाजार हुने गर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...