म्याद नाघेको खाद्यान्न वितरण नगर्न निर्देशन

Img 5590

राजविराज । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गरेका छन् ।

सप्तरीको बाढीपीडितलाई केही स्थानमा वितरण गरिएको खाद्य पदार्थ तथा औषधिलगायतका सामग्री गुणस्तरहीन, म्याद नाघेका भेटिएको भन्ने समाचार बाहिर आएकोप्रति जिल्ला प्रशासन कार्यालय, सप्तरीको ध्यानाकर्षण भएको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो सत्यतथ्य कुराको छानबिन भइरहेको जानकारी दिँदै सम्बन्धित सबैमा जिम्मेवाररुपमा प्रस्तुत हुनसमेत अनुरोध गरे ।

अफवाहको पछाडि नलाग्न सम्बन्धित सबैलाई आग्रह गर्दै कुनै पनि व्यक्ति, संस्था वा निकायलाई म्याद नाघेका, गुणस्तरहीन औषधि तथा खाद्य पदार्थ बाढी प्रभावित क्षेत्रमा वितरण नगर्न र नगराउनु हुनसमेत प्रजिअ पाण्डेले विज्ञप्तिमार्फत सचेत गराए ।

यदि त्यस्तो कार्य कोही कसैले गरेको पाइएमा त्यसलाई कानूनबमोजिम कारबाही हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...