युनियन र प्रगतिशीलले छाने आफ्ना उम्मेदवार

Fnj ghosana

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनका लागि प्रगतिशील लोकतान्त्रिक वाम गठबन्धनको मुख्य घटक प्रेस युनियन र प्रगतिशील पत्रकार संघले आफ्ना उम्मेदवार चयन गरेको छ ।

प्रेस युनियनले वरिष्ठ उपाध्यक्षमा विपुल पोखरेल, समावेश उपाध्यक्षमा दिलिप थापा मगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल र कोषाध्यक्षमा राजेश मिश्रको नाम बुधबार नै टुंगो लगाइएको थियो ।

विहीबार भने खुल्ला केन्द्रीय सदस्यमा नकुल अर्याल, लक्ष्मण कार्की र हरिहर राठोरको नाम टुंग्याएको छ । महिला सदस्यमा जानुका बराल र सिर्जना अर्याल छन् भने दलित सदस्यमा सूर्य विक, मधेशी सदस्यमा अवधेशकुमार झाको नमा टुंगो लगाएको छ । जनजाति सदस्यको टुंगो लाग्न बाँकी छ ।

युनियनले लेखा समितिमा मीरा राजभण्डारीको नाम तय गरेको छ । संयोजकमा भने प्रेस सेन्टरका रोशन पुरीलाई बनाइएको छ ।

युनियनले प्रदेश नम्बर २ बाट शैलेन्द्र झा, ३ बाट राजकुमार कार्की, ४ बाट दिलिप पौडेल, ५ बाट पुरुषोत्तम सुवेदी, ६ बाट कलेन्द्र सेजुवाल रहेका छन् । प्रदेश १ र ७ को उम्मेदवार टुंगो लाग्न बाँकी रहेको युनियनका उपाध्यक्ष विजय सन्तोषी राईले बताए ।

यसैबीच प्रगतिशील पत्रकार संघले पनि आफ्ना उम्मेदवारको नाम टुंग्याएको छ । जसमा जनजाति सचिवमा उदय जिएम र दलित सदस्यमा गोपाल बराइलीको नाम टुंग्याएको छ ।

नेपाल पत्रकार महासंघको २५ औं अधिवेसनमा नेपाली कांग्रेस निकट प्रेस युनियन, एकीकृत माओवादी केन्द्र निकट प्रेस सेन्टर र राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघबीच चुनावी गठबन्धन बनेको छ । यो गठबन्धनलाई प्रगतिशील लोकतान्त्रिक वाम गठबन्धन नाम दिएको छ ।

सो गठबन्धनबाट प्रेस सेन्टरका गोविन्द आचार्य अध्यक्षमा प्रतिष्पर्धा गर्दैछन् । त्यसैगरी मधेशी सचिवमा शितल महतो, महिला सचिवमा लक्ष्मी पुन, दलित सचिवमा रेम विश्वकर्मा, जनजाति सचिवमा उदय जिएम, प्रतिष्ठानमा यम विरही चुनावी प्रतिष्पर्धामा छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...