चुरे भावरको महासचिवमा खड्का मनोनित

Puspa

काठमाडौं । चुरे भावर लोकतान्त्रिक पार्टीको महासचिवमा पुष्पकेशर खड्का मनोनित भएका छन् ।

भूमिराज निरौला अध्यक्ष रहेको चुरेभावर लोकतान्त्रिक पार्टीको महासचिवमा पुष्पकेशर खड्कालाई सचिवबाट विहीबार महासचिवमा बढुवा गरेको हो ।

लामो समय शिक्षण पेशामा संलग्न रहेर खड्का राजनीतिमा लागेका हुन् । महासचिव भएपछि खड्काले पनि पार्टीले विश्वास गरेर दिएको जिम्मेवारीको सम्मान गर्ने बताएका छन् ।

‘केही समयदेखि महासचिव पद रिक्त थियो, उहाँको काम र लगनशीलताको कदर गर्दै महासचिव बनाइएको हो ’ अध्यक्ष निरौलाले भने ‘अब चुरे भावरले थप नयाँ दिशा लिने छ, राजनीतिक रुपमा परिपक्व भएको महसुुस गर्न थालेका छौं ।’

संविधानसभामा दोस्रो निर्वाचनमा पनि भाग लिएको चुरेले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि केही सीट जित्ने गरी तयारी गरेको पार्टीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...