पत्रकार नेताका दाबी : दुबै जनाले जित्छौं

Fnj nepal

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदै महासंघको नेतृव् हत्याउन अध्यक्षका दुबै प्रत्यासीहरु दौडधुपमा लागेका छन् ।

महासंघको अध्यक्ष जित्न अंक गणितीय खेल भइरहेका बेला हाल अध्यक्षका दुई दावेदार गोविन्द आचार्य र तीर्थ कोइरालाले नै आफ्नो जित सुनिश्चित भइसकेको दावी गर्न थालेका छन् ।

प्रेस चौतारी, क्रान्तिकारी पत्रकार महासंघ र प्रेस सोसाइटी तर्फका उम्मेदवार तीर्थ कोइराला र प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघका साझा उम्मेदवार गोविन्द आचार्य दुवैले प्रचार प्रसारलाई तीव्र बनाएका छन् । उनीहरुले पार्षदहरुलाई आफ्नो पक्षमा पार्न निक्कै कसरत पनि गरिरहेका छन् ।

निर्वाचनको तीव्र तयारी भए पनि अन्तिम समयमा आफूलाई कोइरालाले समर्थन गरी उम्मेदवारी फिर्ता लिनेमा आचार्य आशावादी छन् । तर, त्यो सम्भावना ज्यादै न्युन छ ।

आचार्यको प्यानलमा प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघ छन् भने कोइरालाको प्यानलमा प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ र मिडिया सोसाइटी छन् ।

अंक गणितीय हिसावमा प्रेस चौतारी पहिलो ठूलो संगठन हो भनेचौतारी भन्दा थोरै मतले मात्र युनियन कम छ । तेस्रो स्थानमा प्रेस सेन्टर छ । कतैबाट धोका नहुँदा आचार्य प्यानल निक्कै बलियो हुनेछ ।

मिलेर काम गर्छौ
जसरी पनि आफैं अध्यक्ष हुने दाउँमा रहेका आचार्य र कोइरालाले महासंघको निर्वाचनमा जसले जिते पनि मिलेर काम गर्ने उद्घोष गरेका छन् ।

बिहीबार मिडिया इन्टरनेशनलले गरेको कार्यक्रममा अध्यक्षका दाबेदार आचार्य र कोइरालाले जसले जिते पनि मिलेर काम गर्ने उद्घोष गरेका छन् । उनीहरुले मत परिणाम जसको पक्षमा आए पनि दुबै जनाले नहार्ने दाबी गरेका छन् ।

‘निर्वाचनमा जसले जिते पनि एक जना अध्यक्ष र अर्को सल्लाहकार हुनेछ’ आचार्यले भने –‘हामी दुबै हार्दैनौँ, एक जना अध्यक्ष भए अर्को सल्लाहकार हुन्छौं ।’ उनले भने –‘तिर्थ दाई अग्रज हुनुहुन्छ, उहाँलाई सल्लाहकारमा बस्न सुहाउँछ पनि ।’

अध्यक्षका अर्का कोइरालाले पत्रकार महासंघको राजनीति आफूले हालसम्म नगरेको भए पनि महासंघलाई नजिकबाट नियालेको बताए । ‘अहिले स्वतन्त्र नै उम्मेदवार हुँ’ उनले भने– ‘परिस्थितीका कारण एउटा पार्टीको सहयोग लिएको हुँ ।’

उनले हार जित जसको भए पनि मिलेर जान कसैले नरोक्ने बताए । उनले भने, ‘हात जित स्वभाविक छ, यसले सबैको कुराको निर्धारण गर्दैन, सँगै जान सकिन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...