प्रहरी हिरासतमा किन परे माइला लामा ?

Maila lama 1

काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामा माओवादीका नेता माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानीको चावहिलमा विद्यार्थी शाखाको मिटिङ सकेर फर्किन लाग्दा प्रहरीले लामालाई पक्राउ गरेको हो । उनलाई सोह्रखुट्टे प्रशरी वृत्तमा राखिएको छ ।

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले उपत्यका विशेष व्यूरो इन्चार्जसमेत रहेका लामालाई प्रहरीले गगन खड्कालाई कुटपिट गरेको आरोपमा विहीबार १२ बजेतिर चावहिलबाट पक्राउ गरेको हो । नेकपा माओवादीले भने लामालाई विना कारण गिरफ्तार गरेको आरोप लगाएको छ ।

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डिएसपी सुमेन्द्रसिंह राठौरले लामालाई कुटपिटमा संलग्न भएको विषयमा पक्राउ गरिएको र उनलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको बताए ।

यस्तो थियो घटना
विप्लव नेतृत्वको माओवादीले जनयुद्धको कुरा गर्दै आएको छ । स्थानीय तहको निर्वाचनमा छापामार शैलीले धेरै स्थानमा बमसमेत पड्काएर निर्वाचनमा जनतालाई त्रसित बनाउने प्रयास गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य हुन् गगन खड्का ‘जीवन’ । विप्लव माओवादीले भित्रभित्रै युद्धको तयारी गरिरहेका बेला खड्काले पार्टीका आन्तरिक कुरा सार्वजनिक गरेको आरोप माओवादीले लगाउँदै आएको छ । यही कारण माओवादीले खड्कालाई कारवाही गर्ने योजना बनाएको थियो ।

खड्कालाई बुधबार साँझ सोह्रखुट्टेस्थित काठमाडौं गार्डेन हाउसमै कुटपिट भएको थियो । खड्काको टाउकोमा गम्भीर चोट लागेको छ । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

सोह्रखुट्टेस्थित काठमाडौं गार्डेन हाउसमै कुटपिट हुँदा अज्ञात समुहले कुटपिट गरिएको भनिएको थियो । तर, खड्काले माओवादीले कुटपिट गरेको बताएपछि प्रहरीले सोधपुछका लागि माइला लामालाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...