गुल्मपति तथा स्टाफ तालिम सम्पन्न

5 police

काठमाडौं, । सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित सि.सं.१८ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) सम्पन्न भएको छ ।

उक्त तालिमको सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले भाद्र १ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच समापन गर्नुका साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।

उनले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र परिचालित हुँदै स्थानीय निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालले उल्लेखनीय कार्य गरेको चर्चा गर्दै अविरल वर्षापछि आएको बाढि पहिरोमा परेकाहरुको सकुशल उद्वार तथा राहत वितरण कार्यमा उत्कृष्ट योगदान पु¥याइरहेको बताए ।

जनताको बीचमा भरपर्दो तथा विश्वासिलो सुरक्षा संगठनको रुपमा स्थापित हुन जनताको जीउ धनको सुरक्षाको लागि अहोरात्र खटिनुपर्ने बताउदै तालिममा आफुले सिकेको ज्ञान, सीप र जोसलाई संगठनको नितीनिर्देशन अनुसार कार्यक्षेत्रमा लागू ग निर्देशन दिए ।

कार्यक्रममा युएन शान्ति स्थापना तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रह्राचार्यले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।

३ महिना अवधिको उक्त तालिममा कूल २८ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए । 


        

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...