सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काए

काठमाडौं । सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका छन् । करिब २ सय भन्दा बढिको संख्यामा रहेका सुस्ताबासीले पश्चिम गण्डक नहरका कारण डुबानमा परेको नहरको बाँध भत्काएका हुन् ।

हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो ।नहरको बाँधका कारण डुवानमा परेको भन्दै स्थानीयले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् ।

स्थानीय प्रशासनले स्थानयबासीलाई मनाउने प्रयास जारी राखेको छ र नहरमा पानी खस्न दिएको छैन ।

उनीहरुले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु पर्ने बताएका छन् । झण्डै २ सय को संख्यामा रहेका सुस्ताबासीले ८र१० मिटर बाँध भत्काइसकेका छन् ।

प्रतिकृया दिनुहोस