आजबाट सामाजिक स्वास्थ्य बीमा उपचार सेवा शुरु

भक्तपुर । सरकारले शुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा अर्थात् स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भक्तपुरमा स्वास्थ्य सेवा शुभारम्भ भएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका जिल्ला प्रबन्धक श्रीकृष्ण प्रजापतिले असार १ गतेदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आजदेखि स्वास्थ्य सेवा शुरु भएको बताका हुन् ।

भक्तपुर जिल्लामा हालसम्म तीन हजार तिन सय पैंतालिस परिवारका १३ हजार चार सय ७० जनाले स्वास्थ्य बीमा गराएको जानकारी दिँदै उनले सदस्यहरुबाट कूल रु ७६ लाख ३२ हजार एक सय बीमा रकम संकलन भएको छ भने ।

जिल्लामा स्वास्थ्य बीमा गराउन तालिम प्राप्त ६७ जना दर्ता सहयोगी परिचालन गरिएको जानकारी दिँदै उहाँले शुरुमा दधिकोट र चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र, भक्तपुर अस्पताल, कोरियामैत्री अस्पताल, थिमि, जनस्वास्थ्य सेवा केन्द्र च्यामासिंहबाट बीमाका सदस्यका लागि स्वास्थ्य सेवा कार्यक्रम शुरु गरिएको छ ।

समितिले दधिकोट र चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी, एक्सरे र एनलाइनर मेशिन प्रदान गरेको छ । 

बीमा भएका बिरामीलाई उपचारका लागि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र, मनमोहन कार्डियाक भास्कुलर सेन्टर, प्रसूति गृह थापाथली, पाटन अस्पताल, मानसिक अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताललगायत काठमाडौँ उपत्यका बाहिरका १९ वटा अस्पताल तोकिएको छ ।

स्वास्थ्य बीमामा सहभागी हुनका लागि पाँचजनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० र त्यसभन्दा प्रतिव्यक्ति रु ४२५ का दरले बीमा शुल्क तिर्नु पर्नेछ ।

त्यसबापत पाँचजनासम्मको परिवारले वार्षिक रु ५० हजारसम्मको उपचार सेवा र त्यसभन्दा माथिका परिवारले प्रतिव्यक्ति थप रु १० हजारको उपचार सेवा निःशुल्करुपमा लिन पाउने व्यवस्था गरिएको समितिका दर्ता अधिकारी रीता धितालले जानकारी दिए ।

सरकारले आव २०७३/७४ सम्मका बागलुङ, इलाम, बैतडी, अछाम, पाल्पा, म्याग्दी, कास्की, कैलालीमा शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम गत असार १ गतेदेखि भक्तपुर, मकवानपुर, चितवन, गोरखा, तनहूँ, जाजरकोट र जुम्लामा शुरु गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...