राप्रपाको बैठक शुरु

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक बिहिबार हेटौँडामा शुरु भएको छ ।

भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गरिने भएको पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले जानकारी दिए ।

पार्टीको विभाजनलगत्तै हेटौँडामा सञ्चालन हुने यो विशेष बैठक भएको महामन्त्री बड्तौलाले बताए ।

पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु सो बैठकमा भाग लिन बिहिबार हेटौँडा आए ।

प्रतिकृया दिनुहोस