बसपार्क व्यवस्थित गर्न करिब पाँच करोडको गुरुयोजना

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी नगरपालिका ८ स्थित बेनी बसपार्कलाई नमूना बसपार्क बनाउन गुरुयोजना तयार गरिएको छ ।

बेनी नगरपालिका वडा नं ८ र सहरी आवास तथा भवन निर्माण जिल्लास्थित डिभिजन कार्यालयले तयार पारेको बसपार्कको गुरुयोजना बेनीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

करिब पाँच करोडको लगानीमा निर्माण हुने उक्त बसपार्कमा पर्यटन सूचना केन्द्र, टिकट काउन्टर, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा र पेट्रोलपम्प विस्थापन, साना र ठूला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवनलगायतका भौतिक पूर्वाधार रहने वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिएका छन् ।

बाइस रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कलाई कालीगण्डकी नदीतर्फको भागमा ठूला, मझौला र माथिल्लो क्षेत्रमा साना प्रकृतिका सवारीसाधन पार्किङ गर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

भवनको भुइँतलामा सबै यातायात व्यवसायीको एकै ठाउँमा टिकट काउण्टर, सपिङ सेन्टर र दोस्रो तलामा चिया पसल तथा कार्यालय सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

बीचमा सडक रहने बसपार्कमा गाडी चढ्ने र झर्ने ठाउँ, सार्वजनिक शौचालयसमेत निर्माण गरिने भएको छ ।

गुरुयोजना सार्वजनिक तथा राय संकलनको क्रममा आर्टिटेक्ट इञ्जिनियर राहुल प्रधानले बसपार्कका नक्साको बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...