विराटनगर विमानस्थल अझै केही दिन बन्द रहने

Brt airpot

विराटनगर । तीन दिनसम्मको अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण अवरुद्ध विराटनगर विमानस्थल अझै सुचारु हुन सकेको छैन।

बाढीले विमानस्थलमा एक फिट हिलो जम्मा भएकोले अहिले सफा गर्ने काम भइरहेको छ। मोरङको बुढीगंगा गाउँपालिकास्थित केशलिया खोलाले सिँचाईको बाँध भत्काएर विराटनगरमा छिरेको पानीले विमानस्थललाई जलमग्न बनाएको थियो।

रनवे, ट्याक्सीवे, टर्मिनल भवन र सुरक्षानिकायको ब्यारेकमा ३ देखि ४ फिटसम्म पानी जमेको थियो। वर्षा रोकिएसंगै विमानस्थलमा जमेको पानी सुकेको छ। तर रनवे र ट्याक्सीवेमा एक फिटसम्म हिलो र लेदो थुप्रिएकोले अझै केही दिन उडान सञ्चालन गर्न नसकिने नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंहले बताए।

नेपाली सेनाको सहयोगमा नागरिक उड्डयन कार्यालयले विराटनगर विमानस्थलको हिलो र लेदो हटाउने काम गरिरहेको छ।

काठमाडौंबाट आएको नेपाली सेनाको स्पेसल टाक्सफोर्स, इटहरी, हिले र विराटनगर विमानस्थलमा रहेको सेनाको टोलीले रनवेमा बाढीले बगाएर ल्याएको माटोको लेदो सफा गरिरहेका छन्। मंगलबारदेखि जेसिबी, ग्रेडर, बोल्डर र हिलो फ्याक्ने ट्याक्टरको प्रयोग गरिरहेको प्रमुख सिंहले जानकारी दिए।

बाढीले विमानस्थलको हावापानी मापन केन्द्रमा समेत पानी पसेर क्षति पुुगेको छ। क्षेत्रीय हावापानी मापन केन्द्रको सव–स्टेसनमा रहेको तापमापन यन्त्र, पानीको मात्रा नाप्ने यन्त्रमा क्षति पुुगेको प्राधिकरणले जनाएको छ।

क्षति पुुगेका उपकरण नबनेसम्म विराटनगरको पानीको मात्रा र हावाको आद्रता बुुझ्न कठिन हुनेछ।

काठमाडौंपछि जहाज बढी उडान र अवतरण हुने विराटनगर विमानस्थल कारण अवरुद्ध भएपछि हवाई मार्गबाट यात्रा गर्ने यात्रुहरु विचल्लीमा परेका छन्। परीक्षण उडानका लागि विराटनगर आएको श्री एयरको विमान विमानस्थलमै फसिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...