पत्रकारको चुनावी सरगर्मी : आचार्यको नेतृत्वमा लोकतान्त्रिक प्रगतीशील प्यानल घोषणा

Fnj ghosana 1

काठमाडौं । आसन्न नेपानल पत्रकार महासंघको महाधिवेसनमा गोविन्द आचार्यको प्यानल घोषणा भएको छ ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघ नेपालको संयुक्त प्यानल घोषणा भएको छ । लोकतान्त्रिक प्रगतीशील प्यानलमा बरिष्ठ उपाध्यक्षमा विपुल पोख्रेल र समावेशी उपाध्यक्षमा दिलिप थापा मगरलाई उम्मेदवार बनाएको छ ।

सो प्यानलबाट महासचिवमा रमेश विष्ट, खुल्ला सचिवमा रामप्रसाद दाहाल, आदिबासी जनजाति सचिवमा उदय जिएम, महिला सचिवमा लक्ष्मी पुन र मधेशी सचिवमा शितल महतोलाई उम्मेदवार बनाएको छ । अन्य पद भने विहीबारसम्म टुंगो लगाई सक्ने बताइएको छ ।

यसअघि दिनभरसम्म पनि वैद्य माओवादी निकट क्रान्तिकारी पत्रकार संघ, नयाँ शक्ति निकट मिडिया सोसाइटीसँग पनि प्यानल बनाउने प्रयास भएको थियो । तर, अन्तिम समयमा सहमति बन्न नसक्दा तीन संगठनले साझा उम्मेदवार चयन गरेका थिए ।

साझा उम्मेदवार चयन गर्नुअघि नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल र प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्माले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

एक भएर लाग्ने प्रण
तीन संगठनको संयुक्त प्यानललाई जित दिलाउन सबै एक भएर लाग्ने संगठनका नेताहरुले प्रण गरेका छन् ।

संयुक्त उम्मेदवार घोषणा सभामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, प्रेस सेन्टरका बरिष्ठ नेता ओम शर्मालगायतले नेपाल पत्रकार महासंघलाई समावेशी र व्यावसायीक महासंघ बनाउन एक भएर लाग्ने प्रण गरेका छन् ।

सो घोषणा सभामा अध्यक्षका उम्मेदवार गोविन्द आचार्यले महासंघलाई व्यवसायीक बनाउन र पेशागत संस्थाको रुपमा आफुले सधैं लागिपर्ने प्रतिवद्धता जनाए । उनले आफुले गलत गरे गठबन्धन संस्थाका अध्यक्षहरुले राजीनामा दे भने आफु तकाल तयार रहने बताए ।

प्रगतिशील पत्रकार संघ युनियन र सेन्टर गठबन्धनमा
पहिलोपटक राष्ट्रिय जनमोर्चा पार्टी निकट पत्रकारहरुको संगठन प्रगतिशिल पत्रकार संघले प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनसँग तालमेल गरेको छ ।

गठबन्धनका उम्मेदवार माओवादी केन्द्र निकट प्रेस सेन्टरका गोबिन्द आचार्यलार्इ अध्यक्षमा समर्थन गर्दै संघ सहमत भएको बताइएको छ । तिन संगठनहरुले सहमतीमा हस्ताक्षर गरेका छन् । यसअघि संघले अन्य बाम संगठनसँग मात्र तालमेल गर्दै आएको थियो ।

प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण हर्माले पहिलो पटक प्रेस युनियनसँग सहकार्य गरेको बताए । उनले जिल्ला तहको निर्वाचनमा प्रेस चौतारीले इमान्दारीता ननिभाएकाले यो पटक युनियन र प्रेस सेन्टरसँग तालमेल गरेको उनले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...