बाढी पहिरोबाट कृषिमा करिब तीन अर्बको क्षति

Gggk

काठमाडौ । देशैभरि आएको बाढी पहिरोले कृषिमा दुई अर्ब ७६ करोड रुपियाँ बराबरको क्षति पु¥याएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

वर्षाका कारण आएको बाढीले सबैभन्दा बढी क्षति तराई मधेसमा पारेको छ । मध्यमाञ्चलमा एक अर्ब ९५ करोड, पूर्वाञ्चलमा ६५ करोड, सुदूरपश्चिमाञ्चलमा नौ करोड, ध्यपश्चिमाञ्चलमा १५ करोड र पश्चिमाञ्चलमा ५८ लाख रुपियाँ बारबरको कृषिजन्य वस्तुमा क्षति पुगेको छ ।

मन्त्रालयले क्षतिको सम्पूर्ण विवरण साउन ३२ गते सार्वजनिक गर्ने जनाएको छ भने भदौ ७ गतेभित्र किसानलाई राहत वितरण गर्ने तयारी पनि गरेको छ ।

मन्त्रालयका सचिव पाँच दिनको, सहसचिव चार, उपसचिव तथा अधिकृतले तीन, खरिदार सुब्बा तथा अन्य कर्मचारीले दुई दिनको तथा श्रेणीविहीन कर्मचारीले एकदिनको तलब दिने भएका छन् ।

प्रतिकृया दिनुहोस