चलचित्र निर्देशनमा जम्दै एकराज

Eak

काठमाडौँ । कलाकार तथा युवा निर्देशक एकराज थापा निर्देशनको क्षेत्रमा निकै अगाडी बढिरहेका छन् ।

केही समय अघि मात्र चलचित्र ‘बिराजमान’ मा सहायक निर्देशको रुपमा काम गरेका उनले राजेश हमालले निर्माण गर्न लागेको चलचित्र ‘छोरा’ मा निर्देशन गर्ने भएका छन् ।

कलाकार तथा अभिनेता राजेश हमालले बिवाह गरेको धेरै समय भएको छैन । तर उनकै नाममा जन्मयो राजेश हमालको छोरो शिर्षकमा फिल्म बन्ने भएको छ ।

युवा निर्देशक एकराज थापाले निर्देशन गर्ने चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, मिथुन हमाल, अनु मगर, भिम रेउले लगायतका कलाकारहरुले अभिनय गर्ने छन् ।

प्रेम रोमान्स अनि हास्य र समसामयिक कथा बोकेको चलचित्रको शुभ मुहुर्त गरिएको छ ।

प्रतिकृया दिनुहोस