लोपोन्मुख प्रजातिको अजिङ्गर फेला जिल्ला वनमा बुझाइयो 

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसपानीमा लोपोन्मुख अजिङ्गर फेला परेको छ ।

खेतमा मंगलबार आठ किलो ५०० ग्राम तौल भएको र १० फिट लामो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको हो । स्थानीय बासिन्दाले अजिङ्गर देखेपछि जिल्ला वन कार्यालयलाई खबर गरेका थिए ।

अजिङ्गरको सकुशल उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको वन कार्यालय कञ्चनपुरका प्रमुख शिव शर्माले बताए अजिङ्गर निकुञ्ज क्षेत्रबाट आएको हो ।

त्यस्तै सर्पदंश गर्न लागेका कञ्चनपुरको भीमदत्तनगरपालिका ६ का ५५ वर्षीय सकुन्तला टमाटाको मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार सर्पदंश गर्न लागेका टमाटालाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढीको सेती अञ्चल लगेपछि अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...