रोनाल्डो, मेस्सी र बुफोन अन्तिम तीनमा

Messi

साउन । युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् । मनोनयनमा परेका १० खेलाडी मध्येबाट इटाली र युभेन्टसका गोलरक्षक बुफोन, अर्जेन्टिना र बार्सिलोनाका स्ट्राइकर मेस्सी तथा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो अन्तिम तीनमा परेका हुन् । मनोनयनमा परेका १० खेलाडीबाट ८० जना प्रशिक्षक तथा ५५ जना खेल पत्रकारको मतका आधारमा बुफोन, मेस्सी र रोनाल्डो अन्तिम तीनमा परेका हुन् ।


मेस्सी र रोनाल्डो दुवैले यसअघि दुई पटक यो अवार्ड जितेका छन् भने रोनाल्डो गएको वर्षका विजेता हुन् । तीन खेलाडी मध्येबाट एकजनालाई आउँदो अगस्ट २४ मा मोनाकोमा हुने विशेष कार्यक्रममा अवार्ड प्रदान गरिने छन् । त्यहि बेला च्याम्पियन्स लिग समूह चरणको ड्र पनि सार्वजनिक हुनेछ ।


यो अवार्डका लागि मनोनयनमा पर्ने १० खेलाडीमा लुका मोड्रिक, टोनी क्रस, पाउलो डायबाला, सर्जियो रामोस, केलियन एमबाप्पे, रोबर्ट लेवान्डोस्की र जाल्टन इब्राहिमोविच रहेका थिए ।

प्रतिकृया दिनुहोस