सामाजिक सञ्जालमा भाईरल भए धुर्मुस

Dhurmus

काठमाडौं । सिनेमा ‘दुई रुपैयाँ’ निर्माण कम्पनी जी ट्वेन्टि वान र ब्ल्याक हर्ष पिक्चर्सले मोबाईल र ईन्टरनेटबाट पैसा पठाउन सकिने ई सेवा कम्पनीसँग सहकार्य गर्दै तराईमा भएका बाढी प्रभावितका लागि सहयोग अभियान शुरु गरेका छन् ।

जी ट्वेन्टि वान र ब्ल्याक हर्ष पिक्चर्ससँग सहकार्य गर्दै बाढी पीडितको सहयोगको लागि अघि सरेको सहयोगी कम्पनी ई सेवाले २ लाख, कम्पनीका कर्मचारीहरुले १ लाख ५१ हजार, निश्चल बस्नेत र आशिफ शाहको तर्फबाट ५०–५० हजार रकम संकलन गर्दै यो अभियान शुरु गरिएको छ ।

आशिफ र निश्चलले एक भिडियो मार्फत यस अभियानमा सहयोग गर्न देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरु समक्ष अपिल गरेका छन् । घरमै बसी बसी सहयोग गर्न सकिने यस सेवा मार्फत संकलन भएको रकम सिधै बाढी पीडितका लागि पुग्नेछ ।

शुक्रबारदेखि लगातार परेको वर्षाका कारण तराईका अधिकांश भाग डुबानमा परेका छन् । अहिले प्राय कलाकारहरु बाढी पीडितको सहयोगको लागि अघि सरको छन् । हाँस्य कलाकार सीताराम कट्टेल उर्फ धुर्मसले भने आईतबार बेलुकीबाट नै बाढी पीडितलाई उद्धार गरिरहेकी छन् ।

बाढी पीडितलाई उद्धार गर्नकै लागि महोत्तरी पुगेका धुर्मसका केही तस्बिरले अहिले चर्चा पाएको छ । बाढी पीडितलाई काँधमा बोकेर उद्धार गरिरहेको उनका केही तस्बिर अहिले सामाजिक सञ्जालमा भाईरल भएका छन् ।

‘धुर्मुस सुन्तली फाउण्डेशन’को फेसबुक पेजमा सेयर गरिएका उनका ती तस्बिरहरु अन्य सामाजिक सञ्जाल प्रयोग कर्ताले पनि सेयर गरिरहेका छन् । ती तस्बिर हेरेर धेरैले उनको कामको प्रशंसा गरिरहेका छन् भने केहीले आलोचना गरेका छन् ।

धेरैले धुर्मुस देश र जनताको सहयोगको लागि जन्मेको भन्दै प्रशंसा गरिरहेका छन् । तर केहीले भने उनले यो सबै अरुको ध्यानाकर्षण गर्न र चर्चा पाउनको लागि गरेको भन्दै आलोचना गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस