मेयर कप फुटसल भदौ १० देखि  

Diego costa

काठमाडौँ । युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ ।

डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ वटा वडालाई सहभागिताका लागि अनुरोध गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुरज केसीले बताए ।

प्रतियोगितामा विजेता टोलीले रु एक लाख तथा उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र डिफेन्डर गरी ३ विधामा उत्कृष्ट घोषित हुनेलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...