बार्सिलोना छोडेर थप सजीव भएँः नेइमार

Neimar

साउन । नेइमारले आफूले अहिले सबैभन्दा बढी सजीव महसुस गरेको बताएका छन् । फ्रन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लिग वानमा आइतबार राति डेब्यु गरेका ब्राजिलियन स्ट्राइकर नेइमारले आफू बार्सिलोनामा हुँदा भन्दा अहिले सजीव महसुस गरेको बताएका हुन् । नेइमारले आइतबार राति भएको ग्यांग्वोंसँगको खेलमा एक गोल गरे भने एक गोलका लागि सहयोग गरेका थिए । यो खेलमा पिएसजी ३–० ले विजयी भयो । २५ वर्षका नेइमार बार्सिलोनाबाट २२ करोड युरोमा पिएसजी आएपछि विश्वका सबै भन्दा महंगा खेलाडी बनेका छन् ।
नेइमारको पिएसजीमा डेब्यु, गरे गोल

आइतबार रातिको खेलपछि नेइमारले भने ‘मासिनले बार्सिलोना छोड्नु मर्नु जस्तै हो भनेर साचे तर भयो उल्टो । म अहिले सधैँ भन्दा बढी जीवित र सजीव महसुस गरिरहेको छु ।’ देश, शहर र टिम मात्रै परिवर्तन भएको तर फुटबल भने उस्तै रहेको उनको भनाई छ । गोल गर्नु जहिले पनि महत्वपूर्ण हुने र अझ पहिलो खेलको गोलको मजा बेग्लै हुने नेइमारको भनाई छ ।

प्रतिकृया दिनुहोस