खानेपानीको मुहान भत्किएपछि पानीको हाहाकार

Pani ko hahakar

पाँचथर । अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा खानेपानीको हाहाकार भएको छ ।

पहिरोले हिलिहाङ गाउँपालिका–३, ४, ५, ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि अहिले खानेपानीको अभाव देखिएको हो ।

स्थानीयवासी बालकृष्ण ओझाका अनुसार मुक्तुरा, खाङ्ग्रे खोल्सी, हस्तपुर, डुडेखोला, साम्रेखोल्सी, टुवाखोल्सी, देवीथान, महभिर, अँधेरीखोला, अमले खोल्सी, गुहेखोल्सीहरु थापिएका मुहान अधिकांश ट्यांकी तथा बिच्छ्याइएका पाइप तथा मुहान बगाएको हो ।

फालेलुङ–३ मांलेबु र खोलाघारीमा सञ्चालित दुईवटा खानेपानी आयोजनाको मुहान बगाउँदा त्यस भेगका १ सय ८३ घरपरिवारमा खानेपानीको समस्या भएको हो ।

फालेलुङ गाउँपालिका–३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार गोर्खा वेलफेर स्किमले डेढ वर्षअघि निर्माण गरेको मांलेबुङ खानेपानी आयोजना र २ वर्षअघि निर्माण गरिएको खोलाघारी खानेपानी आयोजना शुक्रबार बिहानको पहिरोले बगाएको हो । मांलेबुङ खानेपानी आयोजनाको तीन स्थानबाट मुहान थापिएको छ । तीनवटै स्थानको मुहान पहिरोले बगाएको हो ।

त्यस्तै खोलाघारी खानेपानी आयोजनाको पानी उपभोग गर्दै आएका १ सय घरले खानेपानीको अभाव झेल्नुपरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...