उदयपुरमा जिल्ला समन्वय समिति चयन

Final 1

उदयपुर । उदयपुर जिल्लामा नेकपा एमाले बाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् ।

समन्वय समितिका प्रमुखमा नेकपा एमालेका खड्ग परियार र उपप्रमुखमा गंगाकुमारी राई चयन भएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताए ।

समन्वय समितिका सदस्यहरूमा कुलबहादुर खपांगी, खड्गबहादुर राउत, बोधकुमार थापा, महिलामा ईश्वराकुमारी पौडेल, जानकी बराल, मीना कुमारी राई र अल्पसङ्ख्यकबाट चीनबहादुर दनुवार चयन भएका छन् ।

आइतबार जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा ९ सदस्यीय जिल्ला समन्वय समिति चयन गर्नका लागि निर्वाचनको मिति निर्धारण गरेर प्रतिनिधिहरूको नाम मनोनयन दर्ता गर्ने क्रममा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरूको मात्र एकल प्यानलको नाम परेको र अन्यको नाम नपरेपछि समन्वय समिति निर्विरोध घोषणा गरिएको पनि मुख्य निर्वाचन अधिकृत कार्कीले बताए ।

आइतबार साँझ नै समन्वय समितिका पदाधिकारीहरूलाई शपथग्रहणसहित प्रतिबद्धता जाहेर गर्न लगाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...