१ सय १५ ट्याक्सी कारबाहीमा

1136494652taxi

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कम्युटर बिलिङ प्रणालीमा नचलेका तथा यात्रुसँग मोलमोलाई गरेर पैसा लिने गरेका १ सय १५ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

महाशाखाको टोलीले ट्याक्सी प्रयोगमा एकरुपता ल्याउन आइतबार देखि उक्त अभियान सञ्चालन गरेको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यात्रुले ट्याक्सीबाट ठगिएको आभास नगरुन् भन्नका लागि महाशाखाले यो अभियान चलाएको जानकारी दिए ।

उनले भने ‘यस्ता ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रिन्टर मेसिन जडान गर्ने ठाउँमा पठाउँछौँ, मिटर जडान गरेर मात्र चलाउने भनेका छौँ, अन्यथा कारबाही गछौँ’।

महाशाखा प्रमुख खनालले प्रिन्टर मेसिन जडान नगरी सञ्चालनमा आएका ट्याक्सी २ हजारको हाराहारीमा रहेका र ती ट्याक्सी चालकलाई पनि छिट्टै कारबाहीको दायरामा ल्याइने बताए ।

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले बजारमा प्रिन्टर मेसिन नभएका कारण अधिकांश ट्याक्सीले प्रिन्टर मेसिन जडान नगरेको बताए ।

महाशाखाले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रिन्टर मेसिन नभएका ट्याक्सीमा तत्काल मिटर जडान गर्न आग्रहसमेत गरेको छ । काठमाडौँमा हाल ९ हजार ५ सय को हाराहारीमा ट्याक्सी सञ्चालित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...