ढुङ्गा झर्दा बस दुर्घटनामा

Timthumb dhuga

दाङ । रुकुमबाट दाङ, तुलसीपुर आउँदै गरेको ना ३ ख ३२३० नंको यात्रुवाहक बस तुलसीपुर उपमहानगरपालिकाको रामरी भन्ने स्थानमा पहिरामा पर्दा १ जनाको मृत्यु भएको छ ।

सल्यान–रुकुम यातायात प्रालिद्वारा सञ्चालित सो बस गुडिरहेको अवस्थामा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरामा पर्दा अन्दाजी ३२ वर्षीय नाम नखुलेका १ पुरुषको घटनास्थलमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता भुवनेश्वर पौडेलले जानकारी दिए ।

सो घटनामा घाइते भएका ७ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ

खोलाले बगाउँदा मृत्यु

तुलसीपुर–घोराही सडकखण्डमा पर्ने हापुर खोलाले बगाउँदा घोराही उपमहानगरपालिका वडा नं १२ बस्ने ३३ वर्षीया निर्मला बाठा मगरको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता पौडेलका अनुसार माइत जान हिंडेकी मगरलाई खोला तर्नेक्रममा बगाएको हो ।

सो सडक खण्डको जँघारबाट करिब २ सय मिटर तल उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...