राप्रपा प्रजातान्त्रिक भन्छ, सनाखत गर्न १० दिनको म्याद पाउँ

Rpp letter 1

काठमाडौं । निर्वाचन आयोगले पशुपति समशेर राणालाई नयाँ दल दर्ता गर्दा दिएको सनाखतलाई पुनः सनाखत गर्न बोलाएकोमा आपत्ति जनाउँदै सनाखतका लागि १० दिनको माग गरेको छ ।

पार्टी अध्यक्ष राणा आफै आयोगमा पुगेर दिएको साउन २२ मा हस्ताक्षर गर्ने सांसद र केन्द्रिय सदस्यहरु जिल्ला र देशबाहिर रहेकाले तत्काल उपस्थित हुन नसकेको भन्दै १० दिनपछि सनाखतका लागि उपस्थित हुने निवेदन दिएका छन् ।

आइतवार साँढे ११ बजे आयोग पुगेका राणाले दर्ता गरेको पत्रमा साउन २२ मा सबै सदस्यले आयोगकै रोहवरमा हस्ताक्षर गरेको, ३ जना सदस्यले आधिकारिक पत्र पठाएको र साउन २२ पछि पनि आयोगकै रोहवरमा ५ जना केन्द्रिय सदस्यले हस्ताक्षर गरेको हुँदा त्यसैलाई मान्यता दिन माग गरिएको छ ।

झुक्याए केसीले
निर्वाचन आयोगले राप्रपा विभाजनको विषयलाई लिएर राणासहितलाई निर्वाचन आयोगमा बोलाएको थियो । तर आइतवार राणा पुगेर १० दिनभित्र सबै सदस्य उपस्थित हुने निवेदन दिएका थिए ।
राप्रपा प्रजातान्त्रिकका नेता सुरेन्द्र केसीले भने झुक्याएका छन् । उनले निशान न्युजलाई बाबुराम बस्नेतले वारेस नामा लिएर गएको र उहाँले नै नवेदन दिएको बताएका थिए । तर, निशान न्युजलाई प्राप्त सुचनामा राणाले नै पत्र बुझाएको हस्ताक्षर गरेका छन् ।
उनले भने, वारेसनामा दिएपछि अध्यक्ष ज्यु जानुपर्छ भन्ने नै भएन न ।’ आखिर किन उनले यसरी झुक्याए त ? आइतवार विहान मात्रै निशान न्युजले राणा समुहले ४० प्रतिशत नपुग्दा सनाखत नगर्ने समाचार प्रकाशित गरेको थियो । त्यसैलार्य आधार बनाएर केसीले झुठो विवरण दिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...