सनाखत गर्न निर्वाचन आयोग नजाने गोप्य निर्णय

Pasupati 29

काठमाडौं । कमल थापालाई रीस देखाउन पार्टी फुटाएर नयाँ पार्टी बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई यतिबेला ‘चोक्टा खान गएी बुढी झोलमा डुबेर मरी’ झै भएको छ ।

साउन २२ गते आइतबार राप्रपाका बरिष्ठ नेता पशुपति समशेर राणाले हतारमा निर्वाचन आयोगमा पुगी नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । त्यसबेला पार्टी विभाजन गर्न ४० प्रतिशत संख्या पुगेको दावी गरिए पनि अहिले त्यो संख्या नपुग्दा हैरानी बेहोर्न बाध्य भएका छन् ।

साउन २२ मा राणाले ६४ जनाको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निवेदन दिए पनि सनाखत गर्नेहरुले धमाधम पहिलेको निर्णय फिर्ता लिन थालेपछि राणा समुह संकटमा परेको छ ।

निर्वाचन आयोगले आइतबार सनाखतका लागि राणालाई बोलाएको थियो । तर, शनिवार महाराजगञ्जस्थित निवासमा बसेको गोप्य बैठकले आइतवार सनाखत गर्न नजाने निर्णय गरेको छ । स्रोतहरुका अनुसार आइतवार सबै सनाखत गर्न नजाने तर, आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवलाई भेटेर विरोध जनाउने निर्णय भएको छ ।

साँझ ६ बजेपछि सकिएको सो गोप्य बैठकमा दिपक बोहोरा, सुनीलबहादुर थापा, ध्रुवबहादुर प्रधान लगायतका केही नेताहरु मात्रै थिए । सो बैठकमा ४० प्रतिशत नपुग्ने भएपछि आयोगको आलोचना गरेको गरेको थियो ।

बैठकबारे तैचुप, मैचुप
सो बैठकमा सहभागी नेताहरुले बैठकबारे केही बोलेका छैनन् । शनिवार भएको बैठकका विषयमा जिज्ञासा राख्दा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पुशपति समशेर राणाले अहिले मिडियालाई बोल्नुपर्ने विषय केही नभएको बताएर पन्छिएका छन् ।

यता सो गोप्य बैठकमा सहभागी दिपक बोहोराले ११ बजेपछि फोन गर्नुस भन्दै केही बोल्न चाहेनन् । सुनीलबहादुर थापाले भने राणाको निवासमा जहिले पनि भेटघाट भइरहने र त्यसैको निरन्तरता भएको बताए । उनले भने, ‘हामी ४० प्रतिशत पु¥याउनेमा ढुक्क भएकाले आज निर्वाचन आयोग जान्छौ ।’

क्याम्प परिवर्तनले समस्या
साउन २२ मा राणा समुहले ६४ जनाको हस्ताक्षर बुझाएका थिए । तर, त्यसबेला बुझाइएका मध्ये पनि ८ जना सांसद केन्द्रिय सदस्य नरहेको र केही केन्द्रिय सदस्य काठमाडौंमा उपलब्ध थिएनन् । कमल थापाले त्यसैलाय इश्यु बनाएका छन् ।

त्यही भएर पनि साउन २२ मा बुझाइएको ६४ जनाको हस्ताक्षरमध्ये धेरैको हस्ताक्षर नक्कली भएको भन्दै अध्यक्ष कमल थापाले विरोध जनाउँदै आएका छन् । अध्यक्ष थापाले निर्वाचन आयोगले त्यसरी नक्कली हस्ताक्षरलाई मान्यता दिए सर्वाेच्च अदालत जाने धम्कीसमेत दिएका थिए ।

थापाको कुरालाई मलजल गर्नेगरी केही केन्द्रिय सदस्यले आफुले हस्ताक्षर नगरेको विज्ञप्ती नै जारी गरेका छन् । यसरी विज्ञप्ती जारी गर्नेमा दिलविकास राजभण्डारी, प्रहलाद प्रसाद शाहलगायत छन् ।

शुक्रबार दिलविकास राजभण्डारीले विज्ञप्ती जारी गर्दै आफुले २२ गते कुनै हस्ताक्षर नगरेको जनाएका छन् । उनले निशान न्युजसँग कुरा गर्दै आफु १८ दिनसम्म पोखरामा रहेको र त्यसबेला आफुले त्यसरी पार्टी विभाजन गर्न हस्ताक्षर नगरेको बताए ।

हेर्नुस निर्वाचन आयोगमा बुझाइएको पत्र

के हुन्छ त अब ?
राप्रपा विभाजन भएपछि अनेक शंका उपशंका भइरहेका छन् । त्यसमा पनि ४० प्रतिशत नपुग्दा संकटमा परेका राणाले राप्रपा नामलाई अगाडी वा पछाडी राख्न सक्लान कि नसक्लान् भन्ने प्रश्न उठेको छ ।

राप्रपालाई १६५ जनाको कार्यसमिति मध्ये राणा समूहले ४० प्रतिशत पुगेको भनी राप्रपा (प्रजातान्त्रिक) दल बनाउन निवेदन दिएको थियो । तर, त्यसबेला राणा समुहले ६४ जनाको मात्रै हस्ताक्षर बुझाएको थियो ।

पार्टी विभाजनका लागि राणालाई ६३ जना केन्द्रिय सदस्य आवश्यक पर्छ । तर, अहिले राणासँग ५६ जना मात्रै छन् । यस्तो अवस्थामा पार्टी विभाजन हुन सक्छ कि सक्दैन ? धेरैको चासोको विषय बनेको छ । निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी ऐनको दफा (३३) को उपदफा (२) मा संसदीय दलको ४० प्रतिशत र केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेर नयाँ दलको मान्यता दिने भन्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...