राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि सौराहाका होटल डुबानमा

चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए ।
सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् ।
विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताए । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए। सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।
यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए ।
राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए । नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।
सम्बन्धित समाचार
सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी
काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
सहकारी ठगी प्रकरणमा फरार नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ
काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । उन...
भुकम्प दिवसकै दिन सिन्धुपाल्चोकमा गयो ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । १० व...
रघुजी पन्त शिक्षामन्त्री नियुक्त, हटाइए कुलमानको पक्षमा बोल्ने उर्जा राज्यमन्त्री
काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । नेकपा (एमाले) नेता रघ...
रोमानिया जान नपाउँदा श्रृंखलाबद्ध चोरीमा संलग्न थिए धनकुटाका सोभित खड्का, धरानबाट यसरी समातिए
धनकुटा । केही समययता धनकुटामा श्रृंखलाबद्ध चोरकिा घटना बढ्न थालेपछि धनकुटाका व्यापारी र व्यवसायी ...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस