गजल सन्ध्यामा तीन प्रदेशका गुञ्जिए गजल

3 pradeh ka  gajal

काठमाडौं । तीन प्रदेशका तीन जना गजलकारहरु शनिबार एकै ठाउँमा भेला भएर आफ्ना गजल प्रस्तुत गरेका छन् ।

कुसेन्युज डटकमले आयोजना गरेको त्रिवेणी गजल सन्ध्यामा प्रदेश नम्बर ५, प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ का तीन जना गजलकार एकै साथ राजधानीको अनामनगर स्थित सम्वाद डवलीमा गुन्जिएका हुन ।

गजलकारहरु बेगम थापा निश्चल, धनराज वास्तविक र लक्ष्मण संगम राजधानीको एक कार्यक्रममा गुन्जिएका हुन् । कार्यक्रममा गजलकारले करिब एक दर्जन गजल वाचन गरेका थिए । उनीहरुका गजलमा देशप्रेम, मायाप्रेम र बिद्रोही चेत भरिएको थियो ।

पूर्ण समीर महतारा, कपिल अन्जान, संगीता थापा, सुनिता सापकोटा, दिग्गज धौरालीले आफ्ना एक–एक गजल वाचन गरेका थिए । कुसे न्युजका संयोजक भौतिक मल्लको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन क्षितिज समर्पणले गरेका थिए ।

प्रतिकृया दिनुहोस