एनआरएन बेलायतको उपाध्यक्षमा सुनारले दिए उम्मेदवारी

Sherbahadur sunar.nrn

काठमाडौं । लामो समयदेखि वेलायतमा बस्दै आएका दलित समुदायका शेरबहादुर सुनारले गैर आवासीय नपाली संघ (एनआरएन) को उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सुनारले एनआरएन बेलायतको निर्वाचनमा बेलायत एनआरएनको उपाध्यक्षको दावी प्रस्तुत गर्दै उम्मेदवारी दिएका हुन् । उनी यसअघि एनआरएन बेलायतको सल्लाहकार थिए ।

उम्मेदवारी दिएसँगै बेलायतमा उनी पनि चुनावी अभियानमा लागेका छन् । उनी एनआरएन बेलायतको उच्च तहमा उम्मेदवारी दिने दलित समुदायका पहिलो नागरिक हुन् ।

नेपालको लम्जुङ जिल्लाको बिचौरमा जन्मिएका ५१ वर्षीय सुनार बेलायती सेनाका पेन्सन प्राप्त गैरनेपाली हुन् । बेलायतमा लामो समयदेखि सामाजिक कार्यका सक्रिय रहँदै आएका छन् । उनी बेलायमा खोलिएका विभिन्न संघ संस्थामा पनि आवद्ध छन् । सुनार सिर्जना नेपाली समाजका फाउण्डरसमेत हुन् ।

उनले बेलायतमै रहेर पनि नेपालमा हुने आपतकालीन अवस्थामा नेपालीलाई सहयोग गर्दै आएका छन् । उनी बेलायती सेनामा भर्ना हुनुअघि ५ वर्षसम्म शिक्षण पेशामा आवद्ध थिए ।

अहिले बेलायतमा रहेका नेपालीको सेवाका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । ‘मैले अहिलेसम्म सबै साथीहरुको हौसला पाएको छु’ उनले भने, ‘अहिलेसम्म नेपालीको माया पाएका कारण पनि आफुले उपाध्यक्ष जित्छु भन्ने लागेको छ ।’ उपाध्यक्षका लागि अहिलेसम्म धेरै जना आकांक्षी देखिएका छन् ।

बेलायतमा झण्डै १ लाख २० हजारभन्दा बढी नेपाली छन् भने झण्डै १२ हजार एनआरएनका सदस्य छन् । सुनाले बेलायतमा बस्दै आएका नेपाली समुदायको हक अधिकार स्थापित गर्न पहल गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । ‘बेलायतमा रहेका गोर्खाजहरुको अधिकारको लडाई मेरो प्रतिष्ठाको विषय पनि हो’ उनले भने, ‘म त्यसका लागि पहिलेदेखि नै संघर्षरत थिए र अहिले पनि मेरो लडाई त्यसैका लागि हुनेछ ।’

प्रतिकृया दिनुहोस