मन्त्री केसीले गरे हिटिङ पुलको सिलान्यास

Mantri kc swiming

काठमाडौं । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले हिटिङ स्विमिङ पुलको सिलान्यास गरेका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र रहेको पौडी पोखरीको दक्षिणमा रहेको खाली ठाउँमा निर्माण गर्न लागिएको हिटिङ पुलको मन्त्री केसीले शुक्रबार सिलान्यास गरेका हुन् ।

१० लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौढाईंको हुनेछ । ३३ करोड ५४ लाख ६३ हजार ९ सय १३ रुपैयाँ लागत अनुमान गरिएको पुल हातामा तीन वटा मुख्य ब्लक रहनेछन् । त्यसमा कार्यालय, खेलाडी र पुल ब्लक रहनेछ ।

कार्यालय ब्लकमा १ सय दर्शक क्षमताको प्यारापिट र कार्यालय कोठा तथा खेलाडी ब्लकमा जिम हल, क्याफ्टेरिया र खेलाडीको च्यान्जिङ कक्ष बनाइनेछ । त्यस्तै पुल ब्लकमा पुल, ब्लान्सिङ ट्याङ्गलगायत निर्माण गरिने छ ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पुल निर्माणका लागि राखेपले सरकार मार्फत ८० र पौडी संघले २० प्रतिशत रकम खर्च गर्ने संघसंग सम्झौता भएको बताउदै संघको २५/३० वर्षदेखिको अभियानले गति लिन थालेको धारणा व्यक्त गरे । उनले २०१९ को फेब्रुअरीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अवगत गराए ।

स्विमिङ पुलको सिलान्यास गर्दै मन्त्री केसीले बजेटको आकार सानो भएको मुलुकले करिब ३४ करोड लगानीमा पुल निर्माण गर्नु ठूलो कुरा भएको बताए । उनले पुलको गुणस्तर र समयसीमामा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले पुन निर्माणको कार्य प्रगति बारे समय–समयमा मन्त्रालयलाई जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र पौडी संघलाई निर्देशन दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...