युवा रत्न अवार्डबाट ७ युवा सम्मानित

Yuba ratn

काठमाडौं । यस बर्षको युवा रत्न अवार्ड बिभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ जना युवाहरुलाई प्रदान गरिएको छ ।

युवा दिवसको अवसर पारेर मिडिया इन्टरनेसनलले उद्यम व्यवसाय लगायतका क्षेत्रमा योगदान पु¥याउने ७ व्यक्तित्वहरुलाई ‘युवा रत्न अवार्ड–२०७४’ प्रदान गरेको हो ।

मिडिया इन्टरनेसनलले यो वर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्य अभियान्ता दीपक भट्टाचार्य, शैक्षिक परामर्शदाता राजेन्द्र रिजाल, कला एवं साहित्य क्षेत्रमा योगदान महत्वपूर्ण पु¥याउने नृत्यकार तथा साहित्यकार शान्ता बस्नेत, कृषि प्रविधि क्षेत्रमा योगदान पु¥याएका राजन गैरे, युवा उद्यमी प्रविनकुमार बाँस्तोला र अभिनय तथा साहित्य क्षेत्रमा योगदान पु¥याउने कलाकार एवं साहित्यकार श्यामकला फुँयाललाई प्रदान गरिएको हो ।

उनीहरुलार्ई राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले सम्मान गरे ।

सो कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटा, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. बिष्णु गौतम, मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोश, वामपन्थी युवा नेता हरिकृष्ण गजुरेल, फर्मा सिटिकल्स एक्ज्युकेटिभ एसोशियसनका अध्यक्ष सुरिजत दत्त लगायतले आफ्नो युवाहरुलाई स्वदेशमै बस्ने स्थिति बनाउन सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...