तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

Helicopter

दमौली, । मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा शुक्रबार अवतरण गरेको छ ।

खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताए । सो हेलिकप्टर १२ बजे अवतरण गरेको हो ।

हेलिकप्टरमा चालक दलका दुईजना, नेदरल्याण्डका नागरिक एकजना र दुई यात्रु गरी पाँचजना सवार रहेको जानकारी प्रधानाध्यापक काफ्लेले दिए ।

मनाङबाट नेदरल्याण्डका बिरामी नागरिकसहित ती यात्रु लिएर जाँदै गरेको हेलिकप्टर अवतरण गरेको हो । तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले पनि हेलिकप्टर खराब मौसमका कारण उक्त ठाउँमा अवतरण गरेको बताए । सो हेलिकप्टर मौसम सफा भएपछि उड्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...